संघीयताको जिम्मा आयोगलाई दिन सकिन्छ : पोखरेल

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ७:२३ मा प्रकाशित

विराटनगर, ३ मंसिर – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सङ्घीय राज्यको सङ्ख्या, सिमाना, नामलगायतका विषयमा विवाद देखिएमा त्यसको जिम्मा अधिकार सम्पन्न आयोगलाई दिन सकिने बताएका छन् ।
Ishwar-Pokhrel
पोखरेलले जातीय आधारमा सङ्घीय राज्य नभई सामथ्र्य र पहिचानका साथै नेपालको भूगोलको आधारमा नेपाली मोडेलमा सङ्घीय राज्य बनाउनुपर्ने विचार समेत प्रकट गरे ।

प्रेस चौतारी मोरङको आयोजनामा बुधबार विराटनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले संविधान निर्माणमा सबै विषयमा सहमति खोज्नु काल्पनिक कुरा मात्रै रहेको र सहमति गर्ने सक्ने विषयमा सहमति गर्ने नसके प्रक्रियामा गएर भएपनि संविधान जारी गरिनुपर्ने धारणा व्यक्त गरे ।

उनले राजनीतिक संवाद तथा सहमतिको समितिबाट ठोस छलफल गरेर पनि समाधान ननिस्केको अवस्थामा त्यस्ता विषयमा संसद्मार्फत प्रक्रियागत ढङ्गले राखिएका प्रस्तावलाई पारित गर्न सकिने उल्लेख गर्नुभयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us