दार्चुलामा वैदेशिक रोजगारमा जाने दोब्बर बढे

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ९:०५ मा प्रकाशित

भीमदत्तनगर, ३ मंसिर– दार्चुलाबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बर्सेनी बढ्दै गएको छ ।

चालु आर्थिक वर्षमा दार्चुलाबाट मात्र करिब ५०० बढी युवा विदेश पलायन भएको तथ्याङ्कले देखाएको छ । दार्चुलामा राहदानी लिनेको सङ्ख्या बढेसँगै वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढ्दै गएकोे हो ।

चालु आवको कात्तिक मसान्तसम्ममा दार्चुलाका ९७३ जनाले राहदानी लिएका छन् । जुन अघिल्लो वर्षको पहिलो चौमासिकको तुलनामा दोब्बरले बढी हो ।

कात्तिक महिनामा मात्र २४३ जनाले द्रूतसेवाअन्तर्गत राहदानी लिएका छन् । द्रूतसेवाअन्तर्गत चालु आवको कात्तिक मसान्तसम्म ९०३ तथा जिल्लाबाटै ७० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका नायब सुब्बा चन्द्रसिंह धामीले जानकारी दिए ।

दार्चुलाबाट प्रायः युवा रोजगारीका लागि खाडी मुलुक जाने गर्दछन् ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us