कामकुरो एकातिर, सभासदजति घरतिर

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते ४:४७ मा प्रकाशित

savasadकाठमाण्डु, ४ मंसिर– संविधानसभा र संसदका बैठक नभएपछि अहिले धेरै सभासद् फुर्सदिला भएका छन् ।

संविधान निर्माणको काममा जुट्नु परेकाले दशै तिहारमा पनि घर जान नपाएका धेरैजसो सभासद् अहिले गाउँ घरतिर लागेका छन् ।

फाट्टफुट्ट बस्ने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक पनि अनिश्चित कालका लागि स्थगित भएपछि अहिले संविधान निर्माणको काम ठप्प छ भने सभाद्लाई फुर्सद मिलेको छ ।
संविधान लेखनको काम नभएपछि सभासद्लाई पनि फुर्सद भएको छ । संविधान लेखनमा जुट्नु पर्ने भएकाले संविधानसभाका अध्यक्ष पहिलो मस्यौदा तयार गर्नु अघि घर जान नपाइने भन्दै छुट्टि नदिएकाले पनि सभासद् घर जान पाएका थिएनन ।
संसदको बजेट अधिवेशन पनि अन्त्य भएको छ  । केही संसदका समितिबाहेक अरु धेरै समिति निस्क्रिय हुँदा सभासद्लाई घरतिर जाने फुर्सद मिलेको छ । संसद्का समिति पनि अहिले पहिलेजस्तो धेरै सकृय छैनन् ।  फाट्टफुट्ट मात्र समितिका बैठक बस्ने गरेका छन् ।

तर कति सभासद्ले अहिले काठमाण्डु छोडेका छन् भन्ने एकिन तथ्यांक संसद सचिवालयसँग छैन । बैठक बसेका बेला जानकारी गराउनु पर्ने भएपनि संसद र संविधानसभाको बैठक नभएकाले जानकारी नगराउनुपर्ने भएका कारण अखिलेख राखेको सचिवालयका सचिव ठाकुर बरालले बताए ।

सचिव बरालका अनुसार संविधानसभाको बैठक कुनै पनि बेला बस्न सक्ने भएकाले टाढा घर भएका सभासद् काठमाण्डुमै रहेको भएपनि नजिक घरभएका सभासद्हरु गाउँघरतिर पुगेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us