
काठमाण्डु, ४ मंसिर–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न सार्क शिखर सम्मेलनमा सहभागी हुन स्थालमार्गबाट नेपाल नआउने भएका छन् ।
मोदी भारतीय वायु सेनाको एमआई–१७ हेलिकोप्टर मार्फत जनकपुर आउने भएका छन् । स्रोतका अनुसार उनी चढेको हेलिकोप्टर अघिपछि वायु सेनाकै दुई हेलिकोप्टरले स्कर्टिङ गर्नेछन् ।
यसअघि मोदी स्थलमार्गबाट जनकपुर हुँदै काडमाण्डु आउने कार्यकम तय भएको थियो ।
स्रोतका अनुसार नेपाल र भारतीय सुरक्षा अधिकारीहरुले मोदीलाई सार्कमा सुरक्षा थ्रेट रहेको रिपोर्ट दिएपछि उनी स्थलमार्गबाट नआउने मनस्थितिमा पुगेका हुन् ।
मोदी सवार हेलिकोप्टर ९ मंसिरको बिहान जनकपुरमा अवतरण हुनेछ । उनी जनकपुरमा हुने नागरिक अभिनन्दनमा सहभागी भएर सोही दिन दिउँसो १ बजे काठमाण्डु आइपुग्ने छन् ।
मोदी काठमाण्डु अउने क्रममा जनकपुरबाट नेपाली सेनाका थप दुई हेलिकोप्टरले स्कर्टिङ गर्नेछन् ।