
पाँचथर, ४ मंसिर– पाँचथरको पञ्चमी–१ गोपेटारमा गएराति बास माग्न पुगेको एक समूहले लुटपाट गरेको छ ।
रातिको समयमा बास माग्ने बहानामा आएका तीनजनाको समूहले स्थानीय मदन गौतको घरमा लुटपाट गरेको हो ।
लुटेराले होटल सञ्चालक मदन गौतमी श्रीमतीले लगाएको सुनका गरगहना र नगद गरी करिब डेढ लाख रुपैयाँ बराबरको धनमाल लुटेर भागेको प्रहरीले जनाएको छ । लुटेराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।