एमाओवादीसहित २० दलद्वारा सत्ता पक्षविरुद्ध मोर्चाबन्दी

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते १४:०५ मा प्रकाशित

13 Student Unions Submits Memo to Dahalकाठमाण्डु, ३ मंसिर– एमाओवादीसहित २० दलले संविधानसभाभित्रैबाट काँग्रेस–एमालेसहित सत्तारुढ दलविरुद्ध मोर्चाबन्दी गर्ने भएका छन् ।

एमाओवादी संसदीय ददको कार्यालय सिंहदरबारमा बुधबार बसेको २० दल बैठकले काँग्रेस–एमाले संविधान निर्माण प्रक्रिया बिथोल्न उद्दत रहेको निष्कर्षसहित मोर्चाबन्दीमा उत्रने निर्णय गरेको हो ।

बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहेका सत्ता पक्षका ४३ सभासदले हस्ताक्षर गरी आफ्नो प्रस्ताव छलफलका लागि संविधानसभामा लैजान समिति सभापति बाबुराम भट्टराईलाई दबाब दिएकामा आपत्ति जनाएको छ ।

ती दलले अघि सारेको प्रस्ताव विभिन्न समयमा भएका क्रान्ति र आन्दोलन तथा दलहरुबीचको  सहमति र संविधानको मर्म तथा भावनाविपरीत रहेको ठहर २० दलको छ ।
बैठकपछि ती दलले जारी गरेको विज्ञप्तिमा काँग्रेस–एमालेको हस्ताक्षरले संविधान निर्माण प्रक्रियामा सहमतिको वातावरण बिथोलेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा साझा व्यक्तित्व हुनुपर्ने प्रधानमन्त्री सुशील कोइरालाले समेत हस्ताक्षर गरेर परिवर्तन अस्वीकार गर्नुको साथै यथास्थितिवादको पक्षपोषण गरेको आरोप विज्ञप्तिमा छ ।

‘पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई संस्थागत गर्न सबैको सहभागिता र सहमतिमा निर्धारित समयभित्रै संविधान जारी हुनुपर्दछ भन्ने हाम्रो दृढ संकल्प छ’ विज्ञप्तिमा भनिएको छ, ‘तर दुर्भाग्यवस साझा व्यक्तित्व रहनुपर्ने प्रधानमन्त्रीलगायत सत्तारुढ दलका केही नेताहरुको यस कार्यले परिवर्तनलाई अस्वीकार गर्दै यथास्थितिलाई पक्षपोषण गरेको छ ।’

विज्ञप्तिमा एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुुर, फोरम नेपालका नेता शिवजी यादव, सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्ण, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, परिवार दलका अध्यक्ष एकनाथ ढकालगायत छन् ।

press bigyapti

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us