हत्या आरोपमा पक्राउ परे सन्त रामपाल

काठमाण्डु टुडे २०७१ मंसिर ४ गते २:३३ मा प्रकाशित

rampalएजेन्सी– विवादास्पद भारतीय धर्मगुरु बाबा रामपाल पक्राउ परेका छन् ।

रामपाललाई  हरियाणास्थित उनकै सतलोक आश्रमबाट गएराति प्रहरीले पक्राउ गरेको हो ।

हत्या आरोपमा अदालतले दोषी ठहर गरेको भए पनि रामपालले अदालतमा उपस्थित हुन अस्वीकार गर्दै आएका थिए ।

रामपाललाई पक्रन गएका प्रहरीमाथि उनका सामर्थकले आक्रमण गरेका थिए ।

त्यस क्रममा दुई पक्षबीच केहीबेर झडपसमेत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई पक्रन लागि प्रहरी  र अर्ध सैनिक बल गरी २५ कम्पनी खटाइएको थियो ।

सन् २००६ मा भएको एक व्यक्तिको हत्यामा रामपालको संलग्नता रहेको ठानिएको छ । सन् १९५१ मा जन्मेका रामपाल पहिला हरियाणा सरकारको ram pal 2सिञ्चाइ मन्त्रालयमा जुनियर इन्जिनियर थिए ।

जागिरकै क्रममा आफूलाई सन्त रामपाल भन्न थालेपछि सन् २००० मा उनी जागिरबाट बर्खास्तीमा परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us