रुकुम, ३ मंसिर–जिल्लाको आठबीसकोटबाट सदरमुकाम खलंगा आउँदै गरेको जिपबाट खसेर आठबीसडाँडा–५ का प्रजित ओलीको मृत्यु भएको छ । खलंगातर्फ आउँदै गरेको लु१ज २६८५ नम्बरको जिपमा सवार ओली मग्मा गाविसको नदुवानजिकै जिपबाट खसेको प्रहरीले बताएको छ । ढोकानजिकै बसेका ओली एक्कासि ढोका खुलेपछि सडकमा खसेको जनाएको छ ।
घाइते ओलीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रुकुमका निमित्त प्रमुख, प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिए । रासस