चन्दले वैद्यलाई जवाफ दिन गर्ने भए पत्रकार सम्मेलन

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ३:०१ मा प्रकाशित

mohan baidhya-netra bikram chandकाठमाण्डु, ३ मंसिर– कपिलवस्तुको शिवगढी जंगलमा भएको भेलाबाट सशस्त्र संघर्षको कार्यदिशा तय गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज पत्रकार सम्मेलन गर्दैछन् ।
भेलापछि पार्टीभित्र र बाहिरबाट उठेका प्रश्नहरुको जवाफ दिन विप्लवले पत्रकार सम्मेलन गर्ने लागेका हुन् । दिउँसो १ बजे अनामनगरस्थित संवाद डबलीमा हुने पत्रकार सम्मेलनबाट आफूहरुको आगामी कदमबारे जानकारी दिन लागिएको चन्द पक्षीय केन्द्रीय सदस्य झकबहादुर मल्लले काठमाण्डु टुडेलाई जानकारी दिए ।

मल्लका अनुसार पत्रकार सम्मेलनमार्फच चन्दले संस्थापन पक्षले मागेको स्पष्टीकरणको प्रतिवाद गर्नेछन् । मल्लले अध्यक्ष मोहन वैद्य पक्षको केन्द्रीय समिति बैठकले चन्द र अर्का नेता खड्गबहादुर विकसँग स्पष्टीकरण माग्ने निर्णयलाई पार्टी विभाजनका लागि चालिएको कदमको संज्ञा दिए ।

‘स्पष्टीकरणको निर्णय पार्टी विभाजनका निम्ति चालिएको कदम हो’, मल्लले भने, ‘हामीमाथि कारबाही गरिएको छ, त्यसको जवाफ पत्रकार सम्मेलनमार्फत दिन लागिएको हो ।’

आइतबार र सोमबार बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले फुटपरस्त गतिविधि गरेको भन्दै आत्मालोचानाहित लिखित स्पष्टीकरण बुझाउन चन्द र विकालई निर्देशन दिएको थियो । मल्लले आफूहरुले पार्टी हितविरोधी गतिविधि नगरेको दाबी गर्दै स्पष्टीकरण नदिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us