अरुण कोइरालाको अन्त्येष्टि आज

काठमाण्डु टुडे २०७१ मंसिर ३ गते ५:२९ मा प्रकाशित

arun-koiralaकाठमाण्डु, ३ मंसिर– दिल्लीमा उपचारका क्रममा निधन भएका कााग्रेस बाँके सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाका भाई स्वर्गीय अरूण कोइरालाको आज अन्त्येष्टि गरिने भएको छ ।
कोइरालाको हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लागिएको पारिवारिक श्रोतले जनाएको छ ।

कोइरालाको शव आज बिहान काठमाण्डु ल्याइएको छ । त्यसअघि कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि कााग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।
निमोनियाबाट थलिएका कोइरालाको नेपालमा उपचार नभएपछि दिल्ली लगिएको थियो । उनको ७३ वर्षको उमेरमा हिजो दिल्लीस्थित मेदान्त सिटी अस्पतालमा निधन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us