किरिया खर्चसमेत नपाएपछि डोटी दुर्घटना पीडित आक्रोशित

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ४:४० मा प्रकाशित

डडेल्धुरा, २ मंसिर– डेढ महिनाअघि डोटीको बाझीलेकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्तले अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरेका छन् ।

दुर्घटनाका कारण अहिले पनि शोकाकुल अवस्थामा रहेको जोरायल क्षेत्रका मृतकका आफन्तले किरिया खर्चबापतको रकमसमेत नपाएको बताएका  छन् ।

‘अहिलेसम्म किरिया खर्च समेत पाएका छैनौँ’, मृतकका आफन्त खगेन्द्रदीप खडायतले भने, ‘हाम्रो पीडा कसैलाई दुःखेको छैन ।’

पीडित जोरायल क्षेत्रका बासिन्दाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध नगराइए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

दुर्घटनापछि बनेको छानबिन समितिले दोषी ठहराएकालाई कारबाही नभएको भन्दै उनीहरूले दोषीमाथि कारबाही गर्न १५ दिने समयसीमा तोकेका छन् ।

डोटीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले भने राहत र क्षतिपूर्तिका लागि पहल भइरहेको दाबी गरे ।

डेढ महिना अगाडि चालकको चरम लापरबाहीका कारण भएको उक्त बस दुर्घटनामा दसैँ सकेर फर्किने क्रममा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ घाइते भएका  थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us