गोली पड्काउँदै आएका नकाबधारीद्वारा एसबीआई बैंकमा लुटपाट, बैंकका सुरक्षा गार्डलाई गोली लाग्यो

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ८:०८ मा प्रकाशित

रौतहट, २ मंसिर– रौतहटको चन्द्रनिगाहपुरमा रहेको एसबीआई बैंकमा अज्ञात हतियारधारी समूहले लुटपाट गरेको छ ।

आधा दर्जनको संख्यामा आएका हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदै बैंक लुटेको हो । उनीहरु सबैले मुखमा नकाब लगाएको प्रत्यक्षदर्शीले बताए ।

प्रहरीका अनुसार बैंकबाट २० लाख रुपैयाँ लुटपाट भएको प्रारम्भिक जानकारी आएको छ । रौतहट प्रहरीका नायब उपरीक्षक भीम ढकालले लुटेरा समूहको आक्रमणमा बैंकका सुरक्षा गार्ड घाइते भएको बताए । उनका अनुसार सुरक्षा गार्डलाई खुट्टामा गोली लागेको छ ।

ढकालले लुटेरा समूहको खोजीका लागि प्रहरी टोली परिचालन गरिसकिएको बताए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us