चालकको छेउमा महिला बस्न पाउने

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ३:१९ मा प्रकाशित

उदयपुर, २ मंसिर– केही दिनअघि कटरीमा सवारी चालकको छेउमा महिला बस्न नपाउने भनी हिमाली यातायात व्यवसायी संघ शाखा कार्यलय कटरी र इलाका प्रहरी कार्यलय कटरीले गरेको निर्णय फिर्ता लिइएको छ ।

चालकको छेउमा युवती बस्दा चालकले युवतीसँग गफ गर्ने गरेका कारण दुर्घटना हुने गरेको भन्दै हिमाली यातायात व्यवसायी संघ शाखा कार्यलय कटरीले सवारी दुर्घटना कम गर्न चालकको छेउमा युवती नराख्ने निर्णय गरेको थियो । तर, संघ र प्रहरीको निर्णयको विरोधमा विभिन्न महिला अधिकारकर्मी तथा महिला सञ्जालले त्यसको विरोध गरेका कारण संघले निर्णय फिर्ता लिएको यातायात व्यवसायी संघ शाखा कार्यलय कटरीका प्रमुख शत्रुधन कार्कीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us