समाचार

को–को परे विप्लवको ‘ब्ल्याक’ लिष्टमा ?

२०७१ मंसिर १ गते १२:१८

काठमाण्डु, १ मंसिर– कपिलवस्तु भेलाबाट सशस्त्र युद्ध थाल्ने उदघोष गरेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले ‘पपुलिष्ट’ संघर्षका कार्यक्रम ल्याउने भएका छन् । जनतालाई आफूतिर आकर्षित गर्ने रणनीतिअनुरुप विप्लवले आफ्नो पहिलो चरणको संघर्षको कार्यक्रममा समाजमा व्याप्त भ्रष्टाचार, बेथिति, अराजकता र गुण्डागर्दी नियन्त्रण अभियानलाई प्राथमिकता दिने भएका...

जनजाति अान्दाेलन र महासंघबीच सहमति

२०७१ मंसिर १ गते १२:१५

काठमाण्डु, १ मंसिर – मानव अधिकारकर्मी नेता पदमरत्न तुलाधरको नेतृत्वमा गठित अादिवासी जनजाति राष्ट्रिय आन्दोलन र नेपाल आदिवासी जनजाति महासंघबीच संयुक्त आन्दोलन गर्ने सहमति भएको छ । जातीय पहिचान सहितको संघीयताका लागि आन्दोलन गर्न अघिल्लाे साता गठित तुलाधर नेतृत्वकाे समिति र नागेन्द्र कुमाल नेतृत्वकाे...

विद्यालाई नै किन पार्टी जिम्मा लगाए केपीले ?

२०७१ मंसिर १ गते ११:३६

काठमाण्डु, १ मंसिर – सामान्यतया देशबाहिर जाँदा प्रधानमन्त्री वा पार्टी प्रमुखले दोस्रो वरियतामा हुने व्यक्तिलाई कार्यवाहक जिम्मेवारी दिने गर्छन् । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजधानीबाहिर जाँदा पनि कार्यवाहक अध्यक्षको जिम्मा दाेस्राे वरियतामा नरहेकी विद्यादेवी भण्डारीलाई दिएर इलामतिर हान्निएका छन् । ओलीले...

भैरहवामा देशकै पहिलो सेज सञ्चालन हुने

२०७१ मंसिर १ गते ११:०६

बुटवल, १ मंसिर – आर्थिक विकासका लागि महत्वपूर्ण ठानेर स्थापना गरिएको देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) झन्डै डेढ दशकपछि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारबाट सेज सञ्चालनको मापदण्ड र कार्यविधि स्वीकृत भएपछि सेज सञ्चालनको बाटो खुलेको हो । रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र...

सार्कअघि सहमति नभए माघ ८ मा संविधान अाउँदैन: नेम्वाङ

२०७१ मंसिर १ गते १०:५४

काठमाण्डु, १ मंसिर– संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सार्क सम्मेलनअघि नै सहमति गर्न आग्रह गरेका छन् । सोमबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधान सहमतिमै जारी गर्नुपर्नेमा जोड समेत दिए । ‘सार्क सम्मेलन अघि प्रमुख दलहरुबीच सहमति भएन भने माघ ८...

संविधानसभा असफल बनाएर माओवादी सत्ता कब्जा गर्न खोज्दैछ : ओली

२०७१ मंसिर १ गते १०:३६

झापा, १ मङ्सिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) ले संविधान सभा असफल बनाएर सत्ता कब्जा गर्न खोजेको बताएका छन् । एमालेको इलाम जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रमका लागि झापा आइपुगेका ओलीले भने, ‘तर, सत्ता कब्जा गर्ने एमाओवादी रणनीतिलाई असफल बनाएर...

आफ्नै विद्यार्थी बलात्कार गर्ने प्रअ पक्राउ

२०७१ मंसिर १ गते १०:३४

सर्लाही, १ मंसिर – आफ्नै विद्यालयकी छात्रालाई करणी गरेको आरोपमा सर्लाहीको राजघाट गाविसस्थित एक स्कुलका प्रअ पक्राउ परेका छन् । नमुना ज्ञानोदय बोर्डिङ स्कुलका प्रअ गणेश श्रेष्ठलाई आफ्नै विद्यालयमा अध्ययनरत किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा गए राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी...

काँग्रेस – एमालेविरुद्ध जनजाति र मधेसीले आन्दोलन गर्ने

२०७१ मंसिर १ गते १०:२७

काठमाण्डु, १ मंसिर – आदिवासी जनजाति र मधेसी बुद्धिजीवीले काँग्रेस–एमालेले सङ्घीयताको खाकालाई बहुमतले पारित गर्ने षड्यन्त्र गर्न लागेको भन्दै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । सो आन्दोलनका संयोजक पद्मरत्न तुलाधरद्वारा आइतबार जारी विज्ञप्तिमा आदिवासी जनजाति र मधेसी बुद्विजीवीको संयुक्त बैठकमा सर्वसम्मतिबाट सो...

गणितीय हिसाबले संविधान बन्दैन : दमननाथ ढुंगाना

२०७१ मंसिर १ गते १०:१४

काठमाण्डु, १ मङ्सिर– पूर्वसभामुख एवम् मानवअधिकारकर्मी नेता दमननाथ ढुङ्गानाले गणितीय आधारमा संविधान नबन्ने दाबी गरेका छन् । उनले बिगतमा भएका बाह्रबुँदे सहमतिसहित विभिन्न समयमा भएका अन्य सम्झौतालाई सम्बोधन गरी सहमति गर्न दलहरुलाई आग्रह समेत गरेका छन् । प्रशासकीय अदालतले काठमाण्डुमा आयोजना गरेको ‘सुशासनको सन्दर्भमा...

प्रचण्ड रोल्पा जाँदा १० हात माथि उफ्रने केपी ओलीको चार दिन पूर्वमा बास

२०७१ मंसिर १ गते ९:२७

काठमाण्डु, १ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन रोल्पा जाँदा काठमाण्डुमा हल्लिखल्ली मच्चियो । नेता कार्यकर्ता र जनता भेट्न र आफू युद्धकालमा बसेको स्थान हेर्न भन्दै प्रचण्ड केही पार्टी नेताका साथ रोल्पा गएपछि धेरैले विरोध गरे । संविधान निर्माण प्रक्रिया धरापमा...

नयाँ बानेश्वरमा हिन्दु राज्य माग गर्दै शंख जुलुस (फोटोफिचरसहित)

२०७१ मंसिर १ गते ८:२९

काठमाण्डु, १ मंसिर – हिन्दु राज्यको माग गर्दै केही प्रदर्शनकारीले नयाँ बानेश्वर चाेकमा जुलुस निकालेका छन् । शंखघण्ट बजाउँदै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर चोकस्थित केहीबेर झडप र धकेलाधकेल चलेकाे थियाे । बबरमहलतिरबाट आएका प्रदर्शनकारी संविधान सभा भवनतिर जान खाजिरहेका छन् भने...

‘विदेशीले सोध्दैछन्– विप्लवलाई के भएको हो ?’

२०७१ मंसिर १ गते ८:२३

काठमाण्डु, १ मङ्सिर– आन्तरिक झमेला बेहोरिरहेको नेकपा–माओवादीका कार्यकर्ताहरुको संवाद फेसबुक र ट्वीटरमा सल्केको छ । सचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा कपिलवस्तु भेलामा सहभागी हुनेहरुले संस्थापन पक्षविरुद्ध फेसबुकमा चर्को गाली सुरु गरेका छन् भने विप्लवसँग असहमत नेता–कार्यकर्ताहरुले ‘क्रान्ति गर्न कसैले नछेकेको’ भन्दै चुनौती दिएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us