प्रचण्ड रोल्पा जाँदा १० हात माथि उफ्रने केपी ओलीको चार दिन पूर्वमा बास

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ९:२७ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिन रोल्पा जाँदा काठमाण्डुमा हल्लिखल्ली मच्चियो ।

नेता कार्यकर्ता र जनता भेट्न र आफू युद्धकालमा बसेको स्थान हेर्न भन्दै प्रचण्ड केही पार्टी नेताका साथ रोल्पा गएपछि धेरैले विरोध गरे ।

संविधान निर्माण प्रक्रिया धरापमा KP Oliपरेका बेला रोल्पा गएको भन्दै उनको आलोचना गरियो । प्रधानमन्त्री सुशील कोइराला र संविधानसभा अध्यक्ष सुवास नेम्वाङले टेलिफोन गरी बोलाएपछि भ्रमण छोट्याएर प्रचण्ड राजधानी फर्केका थिए ।

प्रचण्ड रोल्पा गएकामा बढी आलोचना गर्नेमा सत्तारुढ दलका नेताहरु अग्रपंक्तिमा थिए । त्यसमध्ये एक थिए एमाले अध्यक्ष केपी ओली । ओलीले त्यतिबेला संविधान निर्माण प्रक्रियाबाट भागेर प्रचण्ड रोल्पा गएको आरोप लगाएका थिए ।

तर तिनै ओली चार दिनका लागि पूर्वाञ्चल भ्रमणमा जाँदैछन् । पार्टीको इलाम जिल्ला सम्मेलन उदघाटनका लागि जान लागेका ओली गृहजिल्ला झापा पुगेर चार दिनपछि राजधानी फर्कने उनको निजी सचिवालयले जनाएको छ ।
यसअघि हिजो मात्र पूर्वप्रधानमन्त्रीद्वय एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा साताव्यापी भ्रमणका सिलसिलामा दिल्ली गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us