समाचार

साढे ६१ लाख नेपाली गरिब

२०७१ मंसिर १ गते २:२२

काठमाण्डु, १ मंसिर– गरिबीको रेखामुनि करिब साढे ६१ लाख नेपाली छन् । उनीहरुलाई यस वर्षदेखि परिचयपत्र वितरण सुरु गरिँदै छ । चालु वर्षमा २५ जिल्लाका गरिबलाई परिचयपत्र वितरण गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ६१...

आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् मुक्त कमैया

२०७१ मंसिर १ गते २:०७

 कञ्चनपुर, १ मंसिर– जिल्लाको कृष्णपुर–२ बङ्कमा बस्दै आएका मुक्त कमैया परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । खानेपानीका लागि गाडेका अधिकांश ह्यान्डपम्पमा आर्सेनिक आउन थालेपछि मुक्त कमैया परिवारलाई खानेपानीको समस्या भएको हो । मुक्त कमैया लाहुरे डगौराले बस्तीका अधिकांश ह्यान्डपम्पमा आर्सेनिकको समस्या रहेको बताए...

गगन थापाले बोलाउँदा लोकमान नआएपछि हंगामा

२०७१ कार्तिक ३० गते १४:१०

काठमाण्डु, ३० कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले व्यवस्थापिका–संसदको कृषि तथा जलश्रोत समितिमा उपस्थित हुन अस्वीकार गरेका छन् । काँग्रेस सभासद गगन थापा नेतृत्वको समतिले जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी सम्बन्धमा सोधपुछ गर्न कार्कीलाई आइतबार बोलाएको थियो । कार्कीले यसअघि नै आफू सुशासन...

केशव स्थापितको पार्टी प्रवेश नेपाल पक्षद्वारा ‘बहिष्कार’ !

२०७१ कार्तिक ३० गते १२:४८

काठमाण्डु, ३० कात्तिक – काठमाण्डु महानगरपालिकाका पूर्व मेयर तथा संघीय समाजवादी पार्टी नेता केशव स्थपित एमालेमा फर्केका छन् । एमालेमै लामो समय रहेका नेता स्थापित आइतबार बल्खुमा पुरानै पार्टीमा प्रवेश गर्दा एमालेकै माधव नेपाल पक्ष भने अनुपस्थित भएको छ । एमाले अध्यक्ष केपी शर्मा...

वैद्य मोर्चामा आवद्ध दल नै राजतन्त्रको पक्षमा

२०७१ कार्तिक ३० गते १२:४६

काठमाण्डु, ३० कात्तिक– नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चामा रही संविधानसभाको निर्वाचन समेत बहिष्कार गरेका दलहरुको समेत संलग्नतामा राजसंस्थावादी बृहत्त राजनीतिक मोर्चा गठन भएको छ । मार्चामा लोक कल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महत्तो संयोजक, बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापा सह–संयोजक, युनाईटेड नेपाल...

दुमन थापाको घरमा प्रचण्ड र ओलीबीच चर्काचर्की

२०७१ कार्तिक ३० गते १२:३५

काठमाण्डु, ३० कात्तिक– सत्तारुढ एमाले र प्रमुख विपक्षी एकीकृत माओवादीका शीर्ष नेताबीच आइतबार साँझ संविधानका विवादित विषयमा सहमति खोज्ने प्रयासमा छलफल भयो । बानेश्वरस्थित एमाले सभासद् डा. दुमन थापाको निवासमा भएको छलफल दुवै दल पूरानै अडानमा कायम रहपेछि बिनानिष्कर्ष सकियो । स्रोतका अनुसार बैठकमा...

विप्लव फुटपरस्त र पार्टीविरोधी भएको वैद्य पक्षको ठहर

२०७१ कार्तिक ३० गते १२:३०

काठमाण्डु, ३० कात्तिक– नेकपा–माओवादीको संस्थापन पक्षले सशस्त्र युद्धको तयारी गरिरहेका नेत्रविक्रम चन्दसहित उनी पक्षधर नेता कार्यकर्तालाई गल्ती स्वीकार गरेर पार्टीमा क्रियासिल हुन आग्रह गरेको छ । शनिबार र आइतबार पार्टी मुख्यालय बुद्धनगरमा बसेको केन्द्रीय समिति बैठकले चन्द पक्षको गतिविधि पार्टीविरोधी र फुटपरस्त भएको ठहर...

सहमति ‘बालुवाबाट तेल’ निकाल्न खाेज्नु जस्ताे : डा. भट्टराई

२०७१ कार्तिक ३० गते १२:०८

काठमाण्डु, ३० कात्तिक – संवैधानिक तथा राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराई प्रमुख पार्टीहरुबीच सहमति हुन नसक्ने निष्कर्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार आफ्नो ट्वीटरमा सहमतिको प्रक्रियालाई तेल निकाल्न ‘बालुवा पेल्ने काम’...

नेविसंघ देउवा पक्षले गर्ने भयाे अान्दाेलन

२०७१ कार्तिक ३० गते ११:४६

काठमाण्डु, ३० कात्तिक – पार्टीकाे संस्थापन पक्षको गलत नियतका कारणले नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन ७ औं पटक स्थगित भएकाे भन्दै त्यसको विरुद्धमा देउवा पक्षका विद्यार्थीले आन्दोलनको घोषणा गरेका छन् । देउवा पक्षधर विद्यार्थी नेताहरुले चुनावमा संस्थापन पक्षले आफ्ना पक्षका नेताहरुलाई टिके प्रथाबाट...

विप्लवको भेलामा अन्जु पन्तकाे गीत हिट

२०७१ कार्तिक ३० गते १०:४८

काठमाण्डु, ३० कात्तिक– सशस्त्र संघर्षको खाका कोर्न घनाजंगल पसेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताले गोला बारुदसँगै मायाप्रीतिका कथा पनि हालेका छन् । एकीकृत माओवादी बैठकमा कालीकोटे नेता कालीबहादुर मल्लले टुक्का सुनाएजस्तै विप्लवको भेलामा पनि कालीकोटकै नेताले मायाप्रेमका कुरा उठाएका हुन । भेलामा...

माधव नेपाल भन्छन्– पूर्वकमान्डर बोकेर सुरुङतिर जान खोजेपछि कसरी सहमति हुन्छ ?

२०७१ कार्तिक ३० गते १०:२९

काठमाण्डु, ३० कात्तिक – पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमति जुटाउनुपर्ने बेलामा पूर्व कमान्डर लिएर सुरुङ पस्छु भन्ने प्रवृत्तिले राजनीतिक गत्यावरोध अन्त्य नहुने बताएका छन् । पार्टी कार्यक्रममा केही दिनअघि रोल्पा पुगेका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित...

पत्रकारले दलहरुबीच फाटो पारिदिनुभएन : प्रधानमन्त्री कोइराला

२०७१ कार्तिक ३० गते ९:३४

काठमाण्डु, ३० कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारहरुलाई दलहरुबीच फाटो नपारिदिन आग्रह गरेका छन् । आफूहरुले तोकिएकै समय अर्थात् माघ ८ गतेभित्रै संविधान जारी गर्ने प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री कोइरालाले सबैलाई सकारात्मक दृष्टिकोण राख्न अनुरोध गरे । ‘माघ ८ भित्रै संविधान ल्याइने छ, संविधान ल्याउनमा हामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us