विप्लवको भेलामा अन्जु पन्तकाे गीत हिट

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १०:४८ मा प्रकाशित

nabin bkकाठमाण्डु, ३० कात्तिक– सशस्त्र संघर्षको खाका कोर्न घनाजंगल पसेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेताले गोला बारुदसँगै मायाप्रीतिका कथा पनि हालेका छन् ।

एकीकृत माओवादी बैठकमा कालीकोटे नेता कालीबहादुर मल्लले टुक्का सुनाएजस्तै विप्लवको भेलामा पनि कालीकोटकै नेताले मायाप्रेमका कुरा उठाएका हुन ।
भेलामा सहभागी कालीकोटका नेता एवम पूर्वराज्यमन्त्री नवीन विकले वैद्य, बादल र विप्लवको तीनपक्षीय प्रेमकहानी सुनाएका हुन । गायक अन्जु पन्तको गीतको उदारण दिँदै नेता विकले वैद्यमाथि हमाल गरेका थिए । उनको यो हमला भइरहँदा युद्धको खाकाको डायरी हातमा लिएर बसेका विप्लव चाहिँ मुसुमुस हासेका थिए ।

विप्लवमात्र होइन, भेलामा सहभागी झन्डै तीन सय नेता–कार्यकर्तालाई विकले हसाएको भेलामा सहभागी एक नेताले बताए । नेकपा–माओवादी गठनदेखि प्रचण्डसँग टक्कर दिने विप्लवलाई वैद्यले साथ नदिएकोमा विषयलाई विकले अप्राकृतिक प्रेम भनेका थिए ।
अञ्जु पन्तको स्वरमा रहेको गीत ‘माया एउटासँग, बिहे एउटासँग’  शीर्षको गीत जस्तै वैद्य, बादल र विप्लवको तीनपक्षीय प्रेमकथा विकले सुनाएका थिए । नेता विकले वैद्यले अन्जु पन्तको गितमा जस्तै माया प्रेम विप्लवसँग गासेको तर विहेचाही बादलसँग गरेको सुनाएका थिए ।

उनले यो अप्राकृतिका माया प्रेम लामो समय नटिक्ने र चाडै नै सम्बन्ध विच्छेदका तहमा पुग्ने समेत दावी गरेको भेलामा सहभागीले सुनाए । विकले वैद्यले सपनामा बादल र विपनामा विप्लवसँग सहकार्य गर्ने गरेको भन्दै सहभागीलाई हास्न बाध्य पारेका थिए । महिला नेता–कार्यकर्ता भने विकको कथा सुनेर दंग परेका थिए ।
प्रकाण्ड बने उदण्ड
त्यसैवीच पोलिटव्यूरो सदस्य खड्कबहादुर विश्वकर्मा प्रकाण्ड भेलामा उदण्ड भएर निस्केको छन् । पार्टी पद्धति मिचेर आफ्नो गुटको भेला गर्न घनाजंगल पसेका प्रकाण्डले वैद्यहरुको कारवाहीको धम्कीबाट डराउँन नहुने भन्दै सहभागीलाई उत्तेजित पारेका थिए ।

उनले विगतमा एकीकृत माओवादीमा रहदा प्रचण्डसँग राजनीतिक संस्कार पाएपनि नेकपा–माओवादी गठनपछि वैद्यमा त्यस्तो संस्कृतिको अभाव खड्किएको बताएका थिए ।

सभासद्, मन्त्री भएर पार्टीबाट लाभ प्राप्त गरेका प्रकाण्डको यो उदण्ड व्यवहार देखेपछि केही सहभागी पनि मुख छोपेर बसेको एक सहभागले सुनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us