विप्लव फुटपरस्त र पार्टीविरोधी भएको वैद्य पक्षको ठहर

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १२:३० मा प्रकाशित

biplavकाठमाण्डु, ३० कात्तिक– नेकपा–माओवादीको संस्थापन पक्षले सशस्त्र युद्धको तयारी गरिरहेका नेत्रविक्रम चन्दसहित उनी पक्षधर नेता कार्यकर्तालाई गल्ती स्वीकार गरेर पार्टीमा क्रियासिल हुन आग्रह गरेको छ ।

शनिबार र आइतबार पार्टी मुख्यालय बुद्धनगरमा बसेको केन्द्रीय समिति बैठकले चन्द पक्षको गतिविधि पार्टीविरोधी र फुटपरस्त भएको ठहर गर्दै आत्मालोचना गर्न निर्देशन दिएको हो ।

यस्तै बैठकले सचिव चन्द र पोलिट्ब्युरो सदस्य खडगबहादुर विक ‘प्रकाण्ड’ सहित नेता कार्यकर्तास“ग स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।
‘केही समय अघिदेखि पार्टी लाइनविपरीत अभिव्यक्ति दिने, स्थायी समिति, पीबी र केन्द्रीय समितिका बैठक बहिष्कार गर्ने, गुटगत भेला र पत्रकार सम्मेलन गर्नेजस्ता फूटपरस्त र पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको देखिएकाले पार्टीका सचिव क.विप्लव र पीबीएम क.प्रकाण्डलगायत अन्य सम्बन्धित कमरेडहरुसँग स्पष्टीकरण लिने निर्णय गरियो’, बैठकपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

वर्गसङ्घर्ष र अन्तर्संङ्घर्षको हिसाबले एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको अवस्थामा विज्ञप्तिमा पार्टीभित्र त्यस्ता गतिविधि हुनु चिन्ताजनक विषय भएको भन्दै आफ्ना गल्ती, कमीकमजोरीलाई सच्याएर आत्मालोचनासहित पार्टी विधि र पद्धतिअनुसार अघि बढ्न असन्तुष्ट पक्षस“ग आग्रह गरिएको छ ।
यस्तै बैठकले पार्टी केन्द्रको निर्णय र निर्देशनबिना बैठक र भेला नबोलाउन तथा त्यसप्रकारका बैठक वा भेलामा सहभागी नहुन पार्टी पंक्तिलाई निर्देशनमेत दिएको छ ।

  अध्यक्ष वैद्यको निर्देशन अवज्ञा गर्दै चन्द्य पक्षले कपिलवस्तुको शिवगढी जंगलमा गत कात्तिक २६ र २७ गते छुट्टै भेला गरी सशस्त्र संघर्षमा जाने निर्णय गरेपछि नेकपा–माओवादी फुटको संघारमा पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us