समाचार

विहारमा बेचिएका दुई बालिकाको उद्धार

२०७१ कार्तिक ३० गते ८:२५

कैलाली, ३० कात्तिक– भारतको विहार प्रान्त छाप्रा जिल्लामा रहेको सुपर सङ्गम म्युजिकल अक्रेस्ट्रा ग्रुपमा बेचिएका दुई नेपाली बालिकालाई माइती नेपाल धनगढी शाखाको पहलमा उद्धार गरिएको छ । कैलालीको निगाली गाविस–५ घर भएकी १३ वर्षीया र १५ वर्षीया दिदी बहिनीलाई तीन वर्षअघि निगाली गाविसकै चैती...

रोल्पामा हुने भयो अन्तर्राष्ट्रिय सिनेमा कार्यशाला

२०७१ कार्तिक ३० गते ८:०३

रोल्पा, ३० कात्तिक–एक समय राजनीतिक चिनारी प्रमुख भएको मध्यपश्चिमको रोल्पा जिल्लाले अहिले पर्यटकीय तथा सांस्कृतिक दृष्टिबाट पनि सबैको ध्यान आकर्षित गरिरहेको छ । नेपाली चलचित्र क्षेत्रले आउँदो माघमा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला रोल्पामै गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ शीर्षकमा आगामी माघ २२...

ससुराका हातबाट ज्वाइँ खुत्रुक्कै !

२०७१ कार्तिक ३० गते ७:३६

झापा, ३० कात्तिक – उत्तरी झापा र दक्षिणी इलामको सिमानामा पर्ने इलामको दानाबारी–२ स्थित जुवाली भन्ने स्थानमा ससुराको कुटाइबाट ज्वाइँको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर–४ निवासी ३५ वर्षीय अनिल श्रेष्ठ रहेको प्रहरी चौकी लोदियाका प्रहरी नायब निरीक्षक वीरेन्द्रप्रसाद यादवले जानकारी दिए...

अर्थ मन्त्रालय टुक्राउनुपर्छ : बस्नेत

२०७१ कार्तिक ३० गते ६:०७

भक्तपुर, ३० कात्तिक– उद्योग मन्त्री महेश बस्नेतले पुरानो परम्परा मन्त्रीपरिषदभित्र रहेको भन्दै पुनःसंरचनाको काम मन्त्रिपरिषद्बाटै सुरु गर्नुपर्नेे बताएका छन् । उनले अर्थ मन्त्रालयलाई टुक्राएर अर्थ र राजस्व मन्त्रालय बनाउनुपर्ने विचार पनि व्यक्त गरे । भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घको प्रथम वार्षिक साधारणसभाको आइतबार...

भैरहवा विमानस्थलमा पनि ‘सार्क सुरक्षा’

२०७१ कार्तिक ३० गते ५:४२

बुटवल, ३० कात्तिक – सार्क सिखर सम्मेलनका क्रममा लुम्बिनी आउने विदेशी सरकार प्रमुख तथा पाहुनाको सुरक्षाका लागि गौतम बुद्ध विमानस्थल भैरहवाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार विमानस्थलको अति विशिष्ट कक्षमा आवतजावत गर्ने व्यक्तिका लागि हाते ‘मेटल डिटेक्टर’का...

प्रहरीको गाडी दुर्घटनामा एकको मृत्यु, छ घाइते

२०७१ कार्तिक ३० गते ५:३३

उदयपुर, ३० कात्तिक – जिल्ला प्रहरी कार्यालय उदयपुरबाट पहाडी गाविस साउने खाँबु क्षेत्रमा गस्तीमा गएर फर्कने क्रममा गए राति प्रहरीको टिपर भ्यान दुर्घटना हुँदा एक प्रहरी जवानको घटनास्थलमा नै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । सदरमुकाम गाईघाटबाट साँझ ६ बजे...

भारतमा पसलबाट किनेर ल्याएको प्रमाणपत्रले जागिर खाएका १६ कर्मचारीको राजीनामा

२०७१ कार्तिक ३० गते ४:३५

मोरङ, ३० कात्तिक– शैक्षिक योग्यता प्रमाणपत्र बुझाउन नसकेका कारण जिल्ला वन कार्यालय मोरङका थप १६ वन रक्षकले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारीको शैक्षिक योग्यता प्रमाणपत्र माग गर्न थालेकाले भारतबाट प्रमाणपत्र ल्याउनेहरुले  डराएर राजीनामा दिएका हुन्...

प्रचण्ड रोल्पा जाँदा विरोध गर्ने नेपाल र देउवा किन गए दिल्ली ?

२०७१ कार्तिक ३० गते ३:५१

काठमाण्डु, ३० कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानका विवादमा छलफल गर्न छाडेर रोल्पा गएकामा विरोध जनाएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र शेरबहादुर देउवा अाइतबार दिल्ली गए । जवारहलाल नेहरुको १ सय २५ औं स्मृति दिवसका अवसरमा सोमबार हुने कार्यक्रममा सहभागी हुन नेपाल र देउवा...

लिम्बूवानको बन्दले पूर्वाञ्चलको जनजीवन प्रभावित

२०७१ कार्तिक ३० गते २:५७

सुनसरी, ३० कात्तिक– कुमार लिङदेन नेतृत्वको संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण पूर्वाञ्चलको जनजीवन प्रभावित भएको छ । बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको हो । बन्दका कारण पूर्वपश्चिम राजमार्गसहित ती जिल्लाका सहायक मार्गमा लामो तथा छोटो दूरीका...

स्थापित तेश्रोपटक एमालेमा

२०७१ कार्तिक ३० गते २:०२

काठमाण्डु, ३० कात्तिक– युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पूर्वमेयर केशव स्थापित तेस्रोपटक एमालेमा प्रवेश गर्ने भएका छन् । स्थापितसहित उनको दल संघीय समाजवादी पार्टीका दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । स्थापितसहितका नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा...

प्रचण्डले एउटा खुट्टा बन्दुक र अर्को खुट्टा संसदमा राखेको आरोप

२०७१ कार्तिक २९ गते १५:०२

सुर्खेत, २९ कात्तिक–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी भएको बताएकी छन् । एमाले सुर्खेतको सातौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले एमाओवादी संविधान बनाउन नदिन लागिपरेको तर सङ्घीय लोकतान्त्रिक संविधान बनाउन एमाले दृढ रहेको...

वैद्यले मागे चन्दसँग स्पष्टीकरण

२०७१ कार्तिक २९ गते १४:३१

काठमाण्डु, २९ कात्तिक–नेकपा–माओवादीले पार्टी हितविपरीत छुट्टै भेला गरेको विषयमा  सचिव नेत्रविक्रम चन्दसँग लिखित स्पष्टीकरण माग्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा शनिबार बसेको केन्द्रीय समिति बैठकले चन्दसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकमा चन्द पक्षका कोही पनि सहभागी थिएनन् । ‘पार्टीको निर्देशन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us