स्थापित तेश्रोपटक एमालेमा

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते २:०२ मा प्रकाशित

keshav sthapitकाठमाण्डु, ३० कात्तिक– युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पूर्वमेयर केशव स्थापित तेस्रोपटक एमालेमा प्रवेश गर्ने भएका छन् ।
स्थापितसहित उनको दल संघीय समाजवादी पार्टीका दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । स्थापितसहितका नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय बल्खुमा स्वागत गर्नेछन् ।

दोस्रो संविधानसभा निर्वाचनमा काठमाण्डु–६ बाट युवा नेता योगेश भट्टराईले टिकट पाएपछि असन्तुष्ट भएका स्थापित एमाले परित्याग गरी संघीय समाजवादी पार्टी छिरेका थिए । समाजवादीबाट चुनाव उठेका उनले एक हजार ५० मत पाएका थिए ।

काठमाण्डु महानगरपालिको मेयर हुँदा स्थापित एमाले फुटेर बनेको बामदेव गौतम नेतृत्वको मालेमा लागेका थिए । पछि राजावादी पार्टी प्रजा परिषदको अध्यक्ष र संघीय समाजवादी पार्टीमा गए । एमाओवादीमा प्रवेश नगरे पनि उनको निकटता थियो ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बताएका थिए ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us