भारतमा पसलबाट किनेर ल्याएको प्रमाणपत्रले जागिर खाएका १६ कर्मचारीको राजीनामा

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ४:३५ मा प्रकाशित

मोरङ, ३० कात्तिक– शैक्षिक योग्यता प्रमाणपत्र बुझाउन नसकेका कारण जिल्ला वन कार्यालय मोरङका थप १६ वन रक्षकले राजीनामा दिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि जिल्ला शिक्षा कार्यालयका कर्मचारीको शैक्षिक योग्यता प्रमाणपत्र माग गर्न थालेकाले भारतबाट प्रमाणपत्र ल्याउनेहरुले  डराएर राजीनामा दिएका हुन् ।
एक साताअघि पाँच जनाले दिएको राजीनामा स्वीकृत भइसकेको छ । जिल्ला वन कार्यालय मोरङका गाणेश चौधरीले राजीनामा दिएकाहरुको नाम खुलाउन चाहेनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us