विहारमा बेचिएका दुई बालिकाको उद्धार

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ८:२५ मा प्रकाशित

कैलाली, ३० कात्तिक– भारतको विहार प्रान्त छाप्रा जिल्लामा रहेको सुपर सङ्गम म्युजिकल अक्रेस्ट्रा ग्रुपमा बेचिएका दुई नेपाली बालिकालाई माइती नेपाल धनगढी शाखाको पहलमा उद्धार गरिएको छ ।

कैलालीको निगाली गाविस–५ घर भएकी १३ वर्षीया र १५ वर्षीया दिदी बहिनीलाई तीन वर्षअघि निगाली गाविसकै चैती विकले ललाइफकाइ भारतको पञ्जाबमा पु¥याई त्यहीँबाटै बेचेको पाइएको माइती नेपाल धनगढी शाखाका प्रमुख शिवचरण चौधरीले बताए ।

पञ्जाबमा पनि घर रहेकी चैती विकले एक बालिकालाई करिब दुई वर्ष घरमै राखिएको र अर्कीलाई उनका आफन्त सुरज भन्नेको घरमा राखेकोमा सुरजले अके्रस्ट्रा ग्रुपका धर्मेन्द्रलाई भारु ३० हजारमा १३ वर्षीया बालिकालाई बेचेको खुलेको अध्ययनबाट पत्ता लागेको बताइएको छ ।

ललाइफकाइ छाप्रा जिल्ला पु¥याइएका अन्य युवती त्यहाँबाट फर्किएपछि दिएको सूचनाका आधारमा बेचिएकी बालिकाकी आमा अके्रस्ट्रा गु्रपका धर्मेन्द्र कहाँ पुगेकी थिइन् ।

धर्मेन्द्रले भारु ३० हजार फिर्ता दिएपछि मात्र तिम्रो छोरी फिर्ता दिने बताएपछि ती महिला फर्केर आएकी थिइन । धनगढी पुगेपछि महिलाले दुई छोरीको उद्धारका लागि गत भदौमा निवेदन गरेकामा माइती नेपालले भारतको पलिया बजारस्थित एक संस्था र भारतीय प्रहरीको सहयोगमा ती दुवै बालिकाको उद्धार गरी शुक्रबार धनगढी ल्याइपुर्याइएको हो ।

गरिबीका कारण बालिकाकी आमाको अवस्था नाजुक रहेको छ । उनका श्रीमान् केही वर्षअघि अर्कै महिलासँग विवाह गरेर निगालीबाट भागेपछि ती महिलाको जीवन थप कष्टकर बनेको छ ।

जडीबुटी बेचेर हुने कमाइले जीविकोपार्जन गरिरहेकी महिलाका दुई छोरीको उद्धार गरी नेपाल फर्काएको छ तापनि ती बालिकाको जीविकोपार्जन, शिक्षादीक्षाको समस्या उत्पन्न भएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us