प्रचण्ड रोल्पा जाँदा विरोध गर्ने नेपाल र देउवा किन गए दिल्ली ?

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते ३:५१ मा प्रकाशित

madhav-sher bahadurकाठमाण्डु, ३० कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधानका विवादमा छलफल गर्न छाडेर रोल्पा गएकामा विरोध जनाएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र शेरबहादुर देउवा अाइतबार दिल्ली गए ।

जवारहलाल नेहरुको १ सय २५ औं स्मृति दिवसका अवसरमा सोमबार हुने कार्यक्रममा सहभागी हुन नेपाल र देउवा दिल्ली जान गएका हुन् ।

पूर्वप्रधानमन्त्रीद्वय कँग्रेस आई अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा दिल्ली जान लागेको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेपाल र देउवा एक साता दिल्ली बस्ने बताइएको छ । दिल्ली बसाइका क्रममा दुवै नेताले राजनीतिक भेटवार्ता गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us