काठमाण्डु, २९ कात्तिक– कपिलवस्तुको शिवगढीस्थित जंगलमा आफू पक्षघर कार्यकर्ताको गोप्य भेला गराएर सशस्त्र युद्धमा जाने लाइन लिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई उनकै पक्षका कतिपय नेताले साथ दिएनन् । एकीकृत र केन्द्रिकृत रुपमा अघि बढ्नुपर्ने बेलामा पार्टी फुटाउन खोजेको भन्दै उनीहरुले भेला बहिस्कार...
काठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । ललितपुरको सानेपास्थित एक होटलमा भएको भेटमा भट्टराई र श्रेष्ठले संविधान निर्माणमा लचिलो हुन ओलीलाई आग्रह गरेका थिए । उपाध्यक्ष श्रेष्ठले आफूहरुले संविधानका विवादित विषयमा लचिलो...
वीरगञ्ज, २९ कात्तिक– एकीकृत माओवादी नेता गोपाल किरातीले संविधानसभा विघटन गर्नुपर्ने बताएका छन् । पर्साको वीरगञ्जमा शनिबार भएको पत्रकार भेटघाटमा किराँतीले संविधानसभा असफल भइसकेकाले विघटन गर्नुपर्ने बताएका हुन् । संविधानसभा प्रतिक्रियावादी शक्तिको कब्जामा पुगेकाले त्यसको औचित्य समाप्त भएको उनको भनाइ थियो । किरातीले वर्तमान...
धनगढी, २९ कात्तिक– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पटकपटक बोलाएको उच्चस्तरीय राजनीतिक समिति बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली नआएपछि आफू रोल्पा गएको बताएका छन् । संविधानका विवादमा छलफल गर्न छाडेर रोल्पा गएको भन्दै पार्टीभित्र र...
भैरहवा, २९ कात्तिक– राष्ट्रपति रामवरण यादवले भगवान गौतम बुद्धको कृपाले नेपालमा तोकिएकै समयमा संविधान आउने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको शनिबार लुम्बिनीमा उदघाटन गर्दै उनले समयमै संविधान जारी होओस् भन्दै बुद्धको प्रार्थना गरे । उनले दलका नेतालाई भगवान बुद्धले सदबुद्धि दिने र...
परासी, २९ कात्तिक – नारायणी नदीसँगै गण्डक क्षेत्रमा भएको विभिन्न संरचना मर्मत र निर्माणको काम प्रभावकारी नहुँदा निर्माण पूरा भएको दुई महिनापछि नै भत्किएका छन् । भारत सरकारको लगानीमा गण्डक क्षेत्रमा ब्लक, स्पर निर्माण तथा मर्मतका काम भएको भए पनि सो काम प्रभावकारी नहँुदा...
काठमाण्डु, २९ कात्तिक– सशस्त्र संघर्षको तयारीमा जुटेका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले अहिले प्रचण्डका बारेमा के भन्लान ? आलोचना वा प्रशंसा के गर्लान् ? धेरैको अनुमान हुन सक्छ कि उनले प्रचण्डको चर्को आलोचना गर्नेछन् । तर त्यो अनुमान गलत सावित गर्दै विप्लवले आफू...
रौतहट, २९ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनको धम्की नदिन एकीकृत माओवादीलाई चेतावनी दिएका छन् रौतहटको औरैयामा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आन्दोलनको धम्की दिएर एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा बञ्चरो हान्न खोजेको बताए । कसैको आन्दोलनको धम्कीबाट आफू नडराउने उनको भनाइ थियो । कोइरालाले...
काठमाण्डु, २९ कात्तिक – परराष्ट्र विज्ञहरुले सार्कमा नयाँ–नयाँ निर्णय गर्दै जानु भन्दा पनि भएका निर्णयहरुको प्रभावकारी कार्यान्वयनको विषयमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लबले शनिवार आयोजना गरेको साक्षात्कारमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले सरकारले सार्क सम्मेलनको सम्पूर्ण तयार गरिसकेकोले सफल...
काठमाण्डु, २९ कात्तिक – प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जिवी नेपालले सरकारले कर नीतिमा आमूल परिवर्तन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले कर दिवसको अवसर पारेर आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपालले कर नीति खुकुलो र समयसापेक्ष नभएका कारण अहिले कर तिर्नेहरुले पनि...
गोरखाबजार, ९ कात्तिक – गोरखाको पर्यटकीय गाउँ बारपाकका स्थानीयले गाउँको मौलिकता जोगाउनका लागि गाउँको घडेरी बिक्री नगर्ने निर्णय गरेका छन् । अव्यवस्थित रुपमा घर बनाउने क्रम बढ्दै गएको र पर्यटकीय गाउँ कुरुप हुने सम्भावना देखिएको भन्दै गाउँलेले घडेरी किनबेचमा रोक लगाएका हुन् । गाउँको...
इलाम, २९ कात्तिक – मेची राजमार्ग र जिल्लाका कच्ची सडकमा नियम विपरीत सञ्चालन भएका सवारी साधनलाई स्थानीय प्रशासनले कारबाही गर्ने भनेपछि यातायात व्यवसायीहरूले त्यसको विरोधमा शनिबारदेखि यातायात अवरुद्ध पारेका छन् । बीस वर्षे पुराना गाडीलाई विस्थापन गर्ने, रुट परमिटबिना सञ्चालन भइरहेका, इञ्जिन र चेसिस...