प्रचण्डले आफ्नै खुट्टामा बञ्चरो हान्दैछन्: प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते ११:१० मा प्रकाशित

Susil koiralaरौतहट, २९ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनको धम्की नदिन एकीकृत माओवादीलाई चेतावनी दिएका छन्
रौतहटको औरैयामा शनिबार भएको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले आन्दोलनको धम्की दिएर एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नै खुट्टामा बञ्चरो हान्न खोजेको बताए ।

कसैको आन्दोलनको धम्कीबाट आफू नडराउने उनको भनाइ थियो । कोइरालाले नेपाली जनताले उक्साहटका भरमा कसैको पछि नलाग्ने दाबी पनि गरे ।

विकास र समृद्धि खोजिरहेका जनता कुनै दलको स्वार्थमा आन्दोलनमा नलाग्ने कोइरालाले बताए । ‘जनताले विकास चाहेको छ, कसैको उक्साहटमा आन्दोलनमा लाग्दैन’, कोइरालाले भने, ‘प्रचण्डजीहरुले आफ्नै खुट्टामा आफैं बञ्चरो हान्ने काम गरिहिनुभएको छ ।

’ कोइलाराले माघ ८ मा कुनै हालतमा संविधान जारी हुने जिकिर गरे । संविधान आउन रोक्नेलाई जनताले बहिस्कार गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us