किन भेटे बाबुराम र नारायणकाजीले केपी ओली ?

काठमाण्डु टुडे २०७१ कार्तिक २९ गते १२:५६ मा प्रकाशित

baburam-narayankaji2काठमाण्डु, २९ कात्तिक– एकीकृत माओवादी नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् ।
ललितपुरको सानेपास्थित एक होटलमा भएको भेटमा भट्टराई र श्रेष्ठले संविधान निर्माणमा लचिलो हुन ओलीलाई आग्रह गरेका थिए ।

उपाध्यक्ष श्रेष्ठले आफूहरुले संविधानका विवादित विषयमा लचिलो हुन ओलीलाई आग्रह गरेको काठमाण्डु टुडेलाई बताए ।

उनका अनुसार जवाफमा ओलीले आफूहरु पनि सहमतिमै संविधान बनाउने पक्षमा रहेको भन्दै प्रदेश संख्या कमभन्दा कम हुनुपर्ने बताएका थिए ।

‘हामीले तपाईंहरु लचिलो हुनुपर्‍यो भन्यौं’, श्रेष्ठले भने, ‘उहाँले पनि हामीले सहमति नगर्ने कहाँ भनेका छौं र भन्नुभयो ।’ श्रेष्ठले अध्यक्ष प्रचण्ड काठमाण्डु आएपछि आइतबार पुन: छलफल गर्ने सहमति भएको जानकारी दिए ।

आफूहरुले भने संविधानका अन्तरवस्तुमा प्याकेजमा सहमति गर्नुपर्नेमा जोड दिएको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us