गगन थापाले बोलाउँदा लोकमान नआएपछि हंगामा

काठमाण्डु टुडे २०७१ कार्तिक ३० गते १४:१० मा प्रकाशित

Lok_Man-Singh-Karkiकाठमाण्डु, ३० कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले व्यवस्थापिका–संसदको कृषि तथा जलश्रोत समितिमा उपस्थित हुन अस्वीकार गरेका छन् ।

काँग्रेस सभासद गगन थापा नेतृत्वको समतिले जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेजी सम्बन्धमा सोधपुछ गर्न कार्कीलाई आइतबार बोलाएको थियो ।

कार्कीले यसअघि नै आफू सुशासन तथा अनुगमन समितिले बोलाए मात्र जाने घोषणा गरिसकेका थिए ।

कार्कीको निर्देशनमा अख्तियारका कर्मचारीले समितिमा पठाएको पत्रमा उक्त समितिले क्षेत्राधिकार मिचेर बोलाएकाले कार्की नजाने उल्लेख छ ।
यसअघि अर्थ समितिको बैठक उपस्थित भएका कार्कीले अबदेखि सुशासन समितिबाहेकमा नजाने औपचारिक घोषणा नै गरेका थिए ।

यसैबीच कार्कीले बैठकमा आउन अस्वीकार गरेपछि समितिले सभाध्यक्ष सुवास नेम्वाङसमक्ष कारबाहीका लागि सिफारिस पत्र लेख्ने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us