भैरहवामा देशकै पहिलो सेज सञ्चालन हुने

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ११:०६ मा प्रकाशित

बुटवल, १ मंसिर – आर्थिक विकासका लागि महत्वपूर्ण ठानेर स्थापना गरिएको देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) झन्डै डेढ दशकपछि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारबाट सेज सञ्चालनको मापदण्ड र कार्यविधि स्वीकृत भएपछि सेज सञ्चालनको बाटो खुलेको हो ।

रुपन्देहीको नेपाल–भारत सीमा क्षेत्र नजिकै बगाहा गाविसमा झन्डै १२ वर्षअघि २०६० सालदेखि निर्माण थालिएको सेजको भौतिक संरचना निर्माणमा ढिलाइ र आवश्यक कानुनको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

सेज सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएको र यसको सञ्चालन प्रक्रियाका लागि आवश्यक मापदण्ड र कार्यविधिसमेत तयार भएकाले सेज सञ्चालनमा आउन थालेको यसको निर्माणको सम्पूर्ण काम प्राविधिक रुपले रेखदेख गरिरहेका इन्जिनियर नारायणप्रसाद रेग्मीले जानकारी दिए । यसका साथै सेज सञ्चालनका लागि ऐनसमेत आउने अन्तिम तयारीमा रहेकाले यसको सञ्चालनको तयारी थालिएको हो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us