जनजाति अान्दाेलन र महासंघबीच सहमति

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, १ मंसिर – मानव अधिकारकर्मी नेता पदमरत्न तुलाधरको नेतृत्वमा गठित अादिवासी जनजाति राष्ट्रिय आन्दोलन र नेपाल आदिवासी जनजाति महासंघबीच संयुक्त आन्दोलन गर्ने सहमति भएको छ ।

padmaratna

जातीय पहिचान सहितको संघीयताका लागि आन्दोलन गर्न अघिल्लाे साता गठित तुलाधर नेतृत्वकाे समिति र नागेन्द्र कुमाल नेतृत्वकाे महासंघबीच साेमबार आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पहलमा वार्ता भएकाे थियाे ।

कुमाल र तुलाधरकाे संयुक्त हस्ताक्षरामा जारी वक्तव्यमा जातीय पहिचान सहितको संघीय संविधान जारी गर्ने मुद्दामा एक भएर आन्दोलन गर्ने सहमति भएको उल्लेख छ । आन्दोलनको स्वरुप र कार्यक्रमबारे थप छलफल गर्ने वक्तव्यमा जनाइएको छ ।

यसअघि महासंघसँग सल्लाह नगरी तुलाधर नेतृत्वमा राष्ट्रिय आन्दोलन घोषणा गरिएपछि महासंघका पदाधिकारी बिभाजित थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us