सार्कअघि सहमति नभए माघ ८ मा संविधान अाउँदैन: नेम्वाङ

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १०:५४ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई सार्क सम्मेलनअघि नै सहमति गर्न आग्रह गरेका छन् । सोमबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधान सहमतिमै जारी गर्नुपर्नेमा जोड समेत दिए ।

subash nembang
‘सार्क सम्मेलन अघि प्रमुख दलहरुबीच सहमति भएन भने माघ ८ मा संविधान आउँदैन,’ नेम्वाङले भने, ‘सार्क अघि नै सहमत गरेर समयमै संविधान आउने सुनिश्चिता गर्न शीर्ष नेताहरुले अग्रसरता लिनु आवश्यक छ ।’

उनले सोमबार बिहानको संवाद समिति बैठकमा पनि आफूले सहमतिकै लागि आग्रह गरेको बताए । संवैधानिक समितिको काम अगाडि नबढेकोमा नेम्वाङले असन्तुष्टि व्यक्त गर्दै त्यसलाई लामो समय अड्काउन नहुने जिकिर समेत गरे ।

‘संवाद समितिले आफ्नो काम पुरा गर्नुपर्छ,’ एमाओवादीको नामै नलिइकन नेम्वाङले संवाद समितिको काम रोकिएको प्रति पनि असन्तुष्टी जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us