गणितीय हिसाबले संविधान बन्दैन : दमननाथ ढुंगाना

काठमाण्डु टुडे २०७१ मंसिर १ गते १०:१४ मा प्रकाशित

काठमाण्डु, १ मङ्सिर– पूर्वसभामुख एवम् मानवअधिकारकर्मी नेता दमननाथ ढुङ्गानाले गणितीय आधारमा संविधान नबन्ने दाबी गरेका छन् । उनले बिगतमा भएका बाह्रबुँदे सहमतिसहित विभिन्न समयमा भएका अन्य सम्झौतालाई सम्बोधन गरी सहमति गर्न दलहरुलाई आग्रह समेत गरेका छन् ।

damnath-dungana-1

प्रशासकीय अदालतले काठमाण्डुमा आयोजना गरेको ‘सुशासनको सन्दर्भमा संवैधानिक जवाफदेहिता : न्याय सम्पादन र प्रशासन सुधार’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै ढुंगानाले असन्तुष्ट समूहसंँग छलफल गर्नमा र विद्यमान जटिलतालाई सम्बोधन गर्न जनमत समेत सिर्जना गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेतृत्वमा रहेका एउटा समूहले सहमतिका लागि दबाब दिने र अर्को समूहले विद्रोह गर्नेभन्दा पनि समयसीमा पर सारी सहमति गरेर संविधान जारी गर्न सुझाव दिए ।

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञलाई मात्र दोष थुपार्ने गर्दै आएको जिकिर गरे ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठ, कार्यपत्र प्रस्तोता सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्की, मुख्य सचिव लीलामणि पौडेल र नेपाल जनप्रशासन सङ्घका अध्यक्ष डा विद्याधर मल्लिकले बोलेका थिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us