उपप्रधानमन्त्रीद्वारा सार्क तयारीको निरीक्षण

काठमाण्डु टुडे २०७१ मंसिर २ गते ८:०० मा प्रकाशित

prakashकाठमाण्डु, २ मंसिर– उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले सार्क सम्मेलन तयारीका लागि भइरकेका कामको निरीक्षण गरेका छन् ।

सिंहले मंगलबार सम्मेलनस्थल राष्ट्रिय सभागृह सहित अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, माइतीघर लगायत स्थानको निरीक्षण गरेका हुन् ।

त्यस क्रममा उनले तयारीको काम अन्तिम चरणमा पुगेको बताए । १८ औं सार्क शिखर सम्मेलन आगामी मंसिर १० र ११ गते काठमाण्डुमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us