पत्रकार महासंघको टोलीले प्रचण्ड भेट्दै

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ४:३८ मा प्रकाशित

Prachand-1काठमाण्डु, १ मंसिर– नेपाल पत्रकार महासंघको टोलीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी समयमै संविधान जारी गर्न ध्यानाकर्षण गराउने भएको छ ।
अध्यक्ष डा. महेन्द्र विष्ट नेतृत्वको महासंघ टोलीले साँझ ५ बजे लाजिम्पाटस्थित निवासमा भेटेर प्रचण्डसँग छलफल गर्न लागेको हो ।

महासचिव उजिर मगरले घलेगाउँ केन्द्रीय समितिको निर्णयअनुसार शीर्ष नेतालाई भेटेर संविधान निर्माणमा ध्यानाकर्षण गराउने अभियानअन्तर्गत प्रचण्डलाई भेट्न लागेको जानकारी दिए ।

महासंघले यसअघि प्रधानमन्त्री सुशील कोइरालालाई भेटी पूर्वप्रतिबद्धताअनुसार तोकिएकै मिति ८ माघमा सहमतिका आधारमा संविधानसभाबाट संविधान जारी गर्न आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us