सभामुखको रोहवरमा बसेकाे तीन दलीय बैठक निष्कर्षविहिन

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ८:०५ मा प्रकाशित

काठमाण्डुृ, १ मंसिर – संविधानका विवादित विषयमा सहमति खोज्न बसेकाे तीनदलीय बैठक निष्कर्षविहिन बनेकाे छ ।

tin dal

सिंहदरबारस्थित सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा सोमबार दिउसो बसेकाे बैठकमा काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, एमाले उपाध्यक्ष विद्या भण्डारी र एकीकृत माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थिती रहेको थियाे ।

एमाले अध्यक्ष केपी ओली आजै ४ दिनका लागि झापा गएकाले बैठकमा विद्याले एमालेको नेतृत्व गरेकी हुन् । नेता माधव नेपाल पनि दिल्ली गएका छन् ।

अमेरिकामा उपचार गरेर फर्केका बरिष्ठ नेता झलनाथ खनाल घरैमा आराम गरिरहेका छन् ।

सभामुखको रोहवरमा तीनदलको बैठक बस्नुअघि प्रचण्ड नेतृत्वको विपक्षी २२ दलको बैठक बसेको थियो ।

तीन दल र सभामुखको बैठक सकिनासाथ संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक बस्ने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us