सिमीकोटमा खानेपानी हाहाकार

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ७:४२ मा प्रकाशित

हुम्ला, १ मङ्सिर – सदरमुकाम सिमीकोटमा खडेरीले गर्दा खानेपानीको अभाव भएको छ ।

आइतबार प्रहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जोखे सुनारलगायत १० जनाको टोली नयाँ योजनाको मर्मतसम्भारका साथ छाल्ता खोलाको खानेपानी ल्याउनका लागि खटेको छ ।

विभिन्न ठाउँका मूल सुकेर पानीको अभाव हुँदै गएपछि बुराउँसे मूलबाट पानी ल्याउनका लागि काम सुरु गरिने प्राविधिक प्रेम रावतले जानकारी गराए । उनले भने, ‘दुई तीन दिनसम्म मर्मत गरिने छ, सिमीकोट बजार र गाउँले जनताका साथ हामी जुटिरहेका छौँ । ’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us