१ सय ५० नाती नातिनाकी १ सय ५ वर्षीया हजुरआमालाई नागरिकता

काठमाण्डु टुडे २०७१ मंसिर १ गते ३:५० मा प्रकाशित

जाजरकोट, पुन्मा–९ दोकानकी तुल्सरी कामी आइतबार निकै खुसी  भइन् ।

तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् ।

पौसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका लागि भुर गाविसको पोखरामा आयोजना गरिएको एकीकृत घुम्ती शिविरमा गएकी उनले  नागरिकता लिएकी हुन् ।
एक सय पााच वर्षको उमेर पुग्ने बेलासम्म पनि जुत्ताचप्पल नलगाएकी तुल्सरीले उमेर हुने बेलासम्म नागरिकता लिन रुचि नदेखाएको र पछि वृद्धभत्ताका लागि नागरिकता बनाउनुपर्ने भए पनि खलङ्गासम्म हिाड्न सक्ने अवस्था नभएका कारण अहिलेसम्म नागरिकताविहीन भएर बसेको जेठा छोरा विर्खे कामीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us