समाचार

यस्तो रहेछ नक्कली पैसा छाप्ने काइदा

२०७१ मंसिर १९ गते १४:४६

काठमाण्डु, १९ मंसिर– प्रहरीले नक्कली पैसा बनाउने मेसिनसहित दाङका एक युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नक्कली नोटको छपाइमा संलग्न रहेको आरोपमा दाङ नारायणपुर–९ बुटनियाँका १७  वर्षीय आशिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो । महाराजगञ्ज वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक...

घाँटीमा खुकुरी राखेर हिन्दू राष्ट्रका लागि मर्छु र मार्छु भन्ने यी को हुन् ?

२०७१ मंसिर १९ गते १४:२३

काठमाण्डु, १९ मंसिर– ‘हिन्दू राष्ट्र स्थापनाको अभियानमा जुटेका केही व्यक्तिले आफूहरु मर्न र मार्न तयार रहेको चेतावनी दिएका छन् । ‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’ ले शुक्रबार काठमाण्डुको तिनकुनेमा गरेको कार्यक्रममा उनीहरुले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा सन्तश्री  निवास आचार्यले...

माधव नेपालले भने, ‘केपी ओलीले सरकार फेर्न खोज्नु रहस्यमय छ’

२०७१ मंसिर १९ गते १४:०८

काठमाण्डु, १९ मंसिर– एमाले नेता माधवकुमार नेपालले संविधान जारी गर्नुअघि सरकार परिवर्तन असम्भव रहेको बताएका छन् । प्रेस चौतारी काठमाण्डुले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संविधानअघि राष्ट्रिय सरकार गठनको कुरा बेमौसमी बाजाजस्तै भएको बताए । आफ्नै पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय सरकार गठनको कसरत...

राष्ट्रपतिले देखाए वीर अस्पतालमा दाँत

२०७१ मंसिर १९ गते १३:४९

काठमाण्डु, १९ मंसिर– राष्ट्रपति डा रामवरण यादव आफ्नो नियमित स्वास्थ्य परीक्षणअन्तर्गत वीर अस्पताल गएर आज दाँतको परीक्षण गराएका छन् । वीर अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ चिकित्सकद्वय शैली प्रधान र सरिता जोशीले राष्ट्रपति यादवको दाँतको परीक्षण गरी उपचार गरेका थिए । राष्ट्रपति यादवको दाँतमा कुनै...

मधेसी नेतालाई ओलीले भतेर त खुवाए तर कुरो मिलेन

२०७१ मंसिर १९ गते १३:२६

भक्तपुर, १९ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा एमाले र मधेसवादी दलका नेताको भोजभतेरसहितको बैठक कुनै निष्कर्ष बिना सकिएको छ । ओली निवासमै खाना खानेगरी बिहान ११ बजेदेखि बसेको बैठक दिउँसो ३ बजे सकिएको हो । बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ...

देशभरिको दुर्घटनामा चारजनाको मृत्यु

२०७१ मंसिर १९ गते १३:०१

काठमाण्डु, १९ मंसिर– देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । चितवन, सिन्धुपाल्चोक, कैलाली र सुनसरीमा भएका दुर्घटनामा चार जनाको मृत्यु भएको हो । चितवन भण्डारा–८ शिवपुरी चोकमा ना.५ ख २१६९ नम्वरको बसले ना.१८ प ८१६१ नम्वरको मोटरसाइकललाई...

रेडियो नेपालका कर्मचारीको प्रमाणपत्रै नक्कली

२०७१ मंसिर १९ गते १२:१७

काठमाण्डु, १९ मंसिर– रेडियो नेपालमा कार्यरत एक कर्मचारीले बढुवामा पेश गरेको प्रमाणपत्र नक्कली भएको अख्तियारले फेला पारेको छ । रेडियो प्रसार सेवा समिति (रेडियो नेपाल) मा कार्यरत तत्कालीन वरिष्ठ प्राविधिक सहायक राजकुमार खड्काविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आ आरोपपत्र दायर गरेको हो । खड्काले...

मोदी सुशीलका पनि प्रधानमन्त्री हुन्, उनैको क्यारिकेचर गरेपछि सेन्सर लाग्दैन त ?

२०७१ मंसिर १९ गते १०:१७

मानिसहरु बुझ्दैनन् या बुझेर पनि बुझ पचाउँछन् म जान्दिन । यो नेपाल भन्ने देश नै भारतले चलाएको हो । हाम्रो देशका प्रधानमन्त्री सुशील हुँदै होइनन् । नरेन्द्र मोदी नै यो देशको प्रधानमन्त्री हुन् । मोदीको त कुरै छाड्नुस् मोदीको रौंले फोन गरेर ‘क्या कर...

दुबईमा मृत्युदण्ड सुनाइएका राईको जीवन रक्षा माग

२०७१ मंसिर १९ गते १०:०७

काठमाण्डु, १९ मंसिर– दुबईमा मृत्यु दण्डको सजाय सुनाइएका सङ्खुवासभा मस्से पोखरा गाविस–३ का अनिश खालिङ राईको जीवनरक्षाका निम्ति आग्रह गरिएको छ । अनिश खालिङ राई बचाऔँ अभियान समितिद्वारा काठमाण्डुमा शुक्रबा। आयोजित पत्रकार सम्मेलनमा राईका आफन्तले उनको जीवनरक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग आग्रह गरेका...

मधेसी नेता फकाउन ओलीले भतेर पकाए

२०७१ मंसिर १९ गते ९:३३

काठमाण्डु, १९ मंसिर– दलहरु संविधान निर्माणको काम छाडेर भित्रभित्रै सत्ता परिवर्तनको खेलमा सक्रिय भइरहेका बेला एमाले र मधेस केन्द्रित दलको नेताबीच शुक्रबार छलफल भएको छ, त्यो पनि भोजभतेर सहित । छलफल एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको हो । बिहान ११ बजेबाट जारी लञ्चसहितको...

भट्टराईले नेम्वाङलाई बुझाए प्रतिवेदन

२०७१ मंसिर १९ गते ९:००

काठमाण्डु, १९ मंसिर– संवैधानिक– राजनीतिक सम्वाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई समितिको प्रतिवेदन बुझाएका छन् । भट्टराईले सिंहदरबारस्थित नेम्वाङको कार्यकक्षमा पुगेर प्रतिवेदन बुझाएका हुन् । योसँगै समितिमा विगत एक महिनायता जारी गत्यावरोध अन्त्य भएको छ । काँग्रेस–एमालेले आफूहरुले अघि...

बलात्कारीसँगै बिहे गर्न प्रहरीको दबाब

२०७१ मंसिर १९ गते ८:२८

काठमाण्डु, १९ मंसिर– भारतीय प्रहरीले सामूहिक बलात्कारमा परेकी नेपाली किशोरीको विवाह बलात्कारीसँगै गराइदिन पीडित परिवारलाई दबाब दिएको छ । बर्दिया ढोढरी– ४ धनौराकी १७ वर्षीया किशोरी आफन्तसँग भारत बहराइच जिल्लास्थित बिछिया कटरियाबाबामा राम विवाह मेला हेर्न गएका बेला गत मंसिर १२ गते राति बलात्कारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us