भट्टराईले नेम्वाङलाई बुझाए प्रतिवेदन

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ९:०० मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– संवैधानिक– राजनीतिक सम्वाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास baburam-subas nembangनेम्वाङलाई समितिको प्रतिवेदन बुझाएका छन् ।
भट्टराईले सिंहदरबारस्थित नेम्वाङको कार्यकक्षमा पुगेर प्रतिवेदन बुझाएका हुन् । योसँगै समितिमा विगत एक महिनायता जारी गत्यावरोध अन्त्य भएको छ ।

काँग्रेस–एमालेले आफूहरुले अघि सारेको सात प्रदेशको प्रस्ताव छलफलका लागि संवैधानिसभामा लैजानुपर्ने अडान राखेपछि सुरु भएको विवाद मंगलबार बुधबार टुंगिएपछि भट्टराईलाई प्रतिवेदन बुझाउने बाटो खुलेको थियो ।

प्रमुख तीन दलका शीर्ष नेताको बैठकले स्वविवेक प्रयोग गरी प्रतिवेदन बुझाउने जिम्मेवारी भट्टराईलाई दिएका थिए ।
यद्यपि प्रतिवेदन कसरी बुझाइएको हो भन्नेबारेमा उनले केही बताएका छैनन् । यसअघि उनले दलहरुबीचको सहमति र नियमावलीको मर्मअनुसार आफूले प्रतिवेदन पठाउने भट्टराईले बताएका थिए ।
यसैबीच सभाध्यक्ष नेम्वाङले प्रतिवेदनमाथि छलफल गर्न आगामी मंसिर २३ गते मंगलबार दिउँसो ३ बजेका लागि संविधानसभा बैठक बोलाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us