समाचार

सत्ताका लागि केपी र शेरबहादुरको यस्तो दौड

२०७१ मंसिर १९ गते २:१४

काठमाण्डु, १९ मंसिर– नयाँ सत्तासमीकरणको बहससँगै भावी प्रधानमन्त्रीका लागि भित्र–भित्र ठूलाठूला खेलहरु भएका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रसँगको उठबस, आर्थिक साधनस्रोतको खोजीमा भावी प्रधानमन्त्रीका उम्मेदवार लागेका छन् । उच्चसूत्रहरूले जनाएअनुसार भावी प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि अहिले एमाले अध्यक्ष केपी ओली र कांग्रेस वरिष्ठ...

चुरे जोगाउन नसके तराई बर्बाद हुन्छ : राष्ट्रपति

२०७१ मंसिर १८ गते १६:४९

सिरहा, १८ मंसिर– राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रको संरक्षण गर्न नसके तराई बर्बाद हुने बताएका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत भएको वृक्षरोपणको अवलोकन गर्न सिरहाको गोविन्दपुर पुगेका राष्ट्रपतिले त्यस्तो बताएका हुन् । एनले चुरे विनास हुन लागेपछि त्यसको प्रत्यक्ष असर तराईका जिल्लामा परेको...

सिटौलाले मुख खोले, माघ ८ मा संविधान बन्दैन

२०७१ मंसिर १८ गते १६:४५

विराटनगर, १८ मसिर–  काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेकै अवस्थामा माघ ८ मा संविधान निर्माण हुन नसक्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री सिटौलाले अहिलेको कार्यतालिकाअनुसार माघ ८ मा संविधान बन्न नसक्ने बताएका हुन् । उनले दलहरूको सहमतिमा कार्यतालिका परिवर्तन गरिएमा...

सुदूरका महिलाले स्वास्थ्यमन्त्रीलाई भने ‘हाम्रो आङ खस्यो, उपचार गरिदेऊ’

२०७१ मंसिर १८ गते १६:३७

काठमाण्डु, १८ मंसिर– सुदूरपश्चिमका मुगु र हुम्लामा केही महिलाहरुले काठमाण्डु आएर गाउँमा स्वास्थ्य शिवर लगिदिन स्वास्थ्यमन्त्री र सभासदहरुलाई आग्रह गरेका छन् । त्यहाँका करिब आधा दर्जन अगुवा महिला स्वास्थ्य शिविर माग गर्दै काठमाण्डु आइपुगेका हुन् । सानैमा बिहे हुने, वर्षेनि बच्चा जन्माउनुपर्ने, परिवार नियोजनको...

मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै सरकारद्वारा तीतो सत्य प्रसारणमा रोक

२०७१ मंसिर १८ गते १६:१०

काठमाण्डु, १८ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै सरकारले मिडिया हबको प्रायोजनमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित हास्य टेलिऋंखला तीतो सत्यको प्रसारणमा रोक लगाएको छ । सरकारले रोक लगाएका कारण नियमित रुपमा बिहीबार ८ बजेको समाचारप्रछि प्रसारण हुनुपर्ने उक्त कार्यक्रम प्रसारण...

भाडाका मान्छे खटाएर प्रेमिका बलात्कार गराउने यी कस्ता प्रेमी ?

२०७१ मंसिर १८ गते १५:४०

बर्दिया, १८ मंसिर– केही दिनअघि भारतमा एक नेपाली सामूहिक बलात्कारमा परेको घटनामा उनकै केटा साथीको हात रहेको रहस्य खुलेको छ । ती युवतीलाई उनकै केटा साथीको योजनामा भारतीयहरुले सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो । बर्दिया प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्यालले युवतीले विवाहका लागि...

चीन र भारत नेपाल बिखण्डनको खेलमा लागेको बादलको आरोप

२०७१ मंसिर १८ गते १५:२२

काठमाण्डु, १८ मंसिर– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले परिवर्तनविरोधी शक्ति हाबी भएका कारण संविधानसभाबाट संविधान जारी हुन नसक्ने बताएका छन् । पार्टीको पर्सा जिल्ला समितिले बिहीबार गरेको कार्यक्रममा महासचिव थापाले संविधानसभालाई नक्कलीको संज्ञा दिए । आफूहरु सडक आन्दोलनबाटै संविधान घोषणा गर्ने पक्षमा रहेको...

वैद्यलाई छाडेर को-को गए चन्दको पार्टीमा ?

२०७१ मंसिर १८ गते १४:१३

कैलाली, १८ मंसिर- मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका सुदूरपश्चिमका अधिकांश केन्द्रीय स्तरका नेता नेक्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा प्रवेश गरेका छन् । सेती महाकाली राज्य समिति इन्चार्ज ओमप्रकाश पुन र सहइन्चार्ज शदरसिंह भण्डारी लगायतका नेताहरु चन्द नेतृत्वको नेकपा माओवादीमा लागेका हुन् । भण्डारी...

युवतीलाई सामूहिक बलात्कारपछि झुण्ड्याएर मार्नेहरु जेल चलान

२०७१ मंसिर १८ गते १२:०५

महोत्तरी, १८ मंसिर– सामूहिक बलात्कारपछि झुण्डाएर हत्या गर्ने कार्यमा संलग्न दुई जना पुर्पक्षका लागि जेल गएका छन् । जेल चलान हुनेमा गौशाला नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण मुखिया र श्रीपुर गाविस–३ का ४२ वर्षीय श्यामकुमार राय छन् । उनीहरुलाई जिल्ला अदालत महोत्तरीले घटनामा...

विप्लवको ‘हेर्डक्वाटर’ मा खड्गबहादुरविरुद्ध उजुरीको चाङ

२०७१ मंसिर १८ गते ११:५३

काठमाण्डु, १८ मंसिर– मोहन वैद्य नेतृत्वको नेकपा माओवादीबाट भर्खरै विद्रोह गरेर नेकपा माओवादी नामको नयाँ पार्टी खोलेका नेक्रविक्रम चन्द ‘विप्लव’ लाई मानिसहरुले के सुझाव दिँदा हुन् ? तपाईं ठान्नुहोला- ‘युद्धमा नजानुस्, जनताको समर्थन जित्न गाह्रो छ ।’ वा ‘छिटो युद्धमा जानुपर्यो, किनभने मुलुकमा प्रतिक्रान्ति...

लोकमानलाई बोलाएर संसदीय समितिहरु हिरो बन्न खोजेका छन्: सभापति राई

२०७१ मंसिर १८ गते १०:३८

काठमाण्डु, १८ मंसिर– व्यवस्थापिका संसद अन्र्तगतको सुशासनतथाअनुगमन समितिका सभापति शेरधन राईले संसदीय समिति र संवैधानिकनिकायबीच उचित समन्वय नहुँदा अहिलेको समस्या उत्पन्न भएको बताएका छन् । रिपोर्टर्स क्लबले बिहीबार गरेको साक्षात्कारमा सभापति राईले समितिहरुबीचमै क्षेत्राधिकारलाई लिएर विवाद देखिएको भन्दै यसबारेमा सभामुख सुवासचन्द्र नेम्वाङ्ले तत्काल संसदीय...

कम्पनी रजिस्ट्रार कार्यालयका दुई अधिकृत अख्तियारद्वारा पक्राउ

२०७१ मंसिर १८ गते १०:०६

काठमाण्डु, १८ मंसिर– कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वका दुई अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । सहायक रजिस्ट्रर (अधिकृत) पुष्पराज जोशी र अर्को एकजना महिला अधिकृतलाई अख्तियारले पक्राउ गरेको कार्यालयका एक कर्मचारीले काठमाण्डु टुडेलाई बताए । उनीहरु दुवैजनालाई सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ गरिएको स्रोतले बतायो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us