समाचार

पढालेखा राष्ट्रपतिले भने– ‘मधेशमा शिक्षा नाजुक छ’

२०७१ मंसिर १७ गते १२:४०

वीरगन्ज, १७ मंसिर– राष्ट्रपति डा. रामवरण यादवले मधेसमा शिक्षाको अवस्था नाजुक भएको बताएका छन् । राष्ट्रपति यादवले निरक्षरता उन्मूलन भएमात्र मुलुकमा शान्ति र समृद्धि सम्भव हुने समेत जिकिर गरेका हुन् । सुन्दरमल रामकुमार कन्या उच्च मावि वीरगन्जको हीरक महोत्सवको आज यहा“ उद्घाटन गर्दै उनले...

विदेश गएका युवाका कारण फैलियो एड्स

२०७१ मंसिर १७ गते १२:२१

लहान, १७ मंसिर– विगत पाँच वर्षमा मा सिरहामा एचआइभी/एड्सको सङ्क्रमणबाट दश जनाको मृत्यु भएको छ । २०६६ माघदेखि २०७१ म्ंसिर पहिलो सातासम्म एचआइभी÷ एड्सबाट सङ्क्रमितमध्ये १० जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी÷एड्स समन्वय समितिका फोकलपर्सन सञ्जय साहले जानकारी दिए । यस्तै सिरहामा...

कस्ता छन् कमल थापाले हिन्दू राज्य ल्याउन तोकेका २२ कमाण्डर ?

२०७१ मंसिर १७ गते १२:०५

काठमाण्डु, १७ मंसिर– राप्रपा नेपालले आगामी पुस ९ गते हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि झापाबाट सुरु गर्ने भनिएको मेची–महाकाली अभियानाका लागि विभिन्न २२ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिको बुधबारको बैठकले उपसमितिहरु गठन गरेको हो । रथयात्रा मर्यादित, व्यवस्थित र योजनाबद्ध...

बाबुरामलाई स्वविवेक प्रयोग गर्न दिएकामा कमल थापा आक्रोशित

२०७१ मंसिर १७ गते ११:४८

काठमाण्डु, १७ मंसिर– राप्रपा नेपालले संवाद समिति सभापति बाबुराम भट्टराईलाई स्वविवेक प्रयोग गर्न दिर्ने निर्णयप्रति आपत्ति जनाएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले सबै निर्णय समितिले गर्नुपर्नेमा सभापतिलाई एकलौटी  अधिकार दिइएको भन्दै आपत्ति जनाए । उनले...

बाबुरामले भने, ‘म पार्टीदेखि माथि उठ्छु’

२०७१ मंसिर १७ गते ११:४०

काठमाण्डु, १७ मंसिर– संवैधानिक राजनीतिक–संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले सबैलाई चित्त बुझ्दो गरी प्रतिवेदन पठाउने बताएका छन् । दलहरुबीच संवैधानिक समितिमा भएको गतिरोध तोडिएलगत्तै बुधबार बसेको बैठकमै पत्रकार सम्मेलन गरेका भट्टराईले सबैको चित्त बुझ्ने गरी काम गर्नु आफ्ना लागि चुनौती भए पनि...

‘मितब्ययी’ प्रधानमन्त्री भएका बेला किन बढ्यो नेपालमा भ्रष्टाचार ?

२०७१ मंसिर १७ गते ११:०८

 काठमाण्डु, १७ मंसिर– नेपालमा गत वर्षको तुलनामा यो वर्ष भ्रष्टाचारमा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । भष्ट्रचार विरुद्द कार्यरत संस्था ट्रान्सपरेन्सी इन्टरनेशलको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनले नेपालले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा नेपाल बढी भ्रष्टाचार हुने विश्वका १...

देव गुरुङ भन्छन्, ‘हतियार उठाउने सल्लाह हुँदै गर्दा विप्लव डराएर भागे’

२०७१ मंसिर १७ गते १०:१८

नवलपरासी, १७ मंसिर– नेकपा– माओवादीका सचिव देव गुरुङले आफूहरुबीच हतियार उठाउने विषयमा सल्लाह भइरहेकै बेला नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले पार्टी छाडेको खुलासा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघले बुधबार कावासोतीमा गरको पत्रकार भेटघाटमा गुरुङले हतियार उठाउने योजना भाँड्न चन्दले पार्टी छाडेको आरोप लगाए ।...

दुर्घटनामा काँग्रेस सभासद खड्का गम्भीर घाइते

२०७१ मंसिर १७ गते १०:०८

बागलुङ, १७ मंसिर– बागलुङमा बुधबार भएको सवारी दुर्घटनामा काँग्रेस सभासद खरि खड्कासहित चारजना घाइते भएका छ्न । ग १ झ २२४ नम्वरको पिकअप भ्यान  भकुण्ड–९ कमेरेमा दुर्घटना भएको हो ।  दुर्घटनामा घाइते भएका खड्काको टाउको र नाकमा गहिरो चोट लागेको छ । खड्कासहित सबै...

प्रचण्ड हराउने सभासदले पत्ता लगाए चमेलियाको ५४ करोड भ्रष्टाचार

२०७१ मंसिर १७ गते ९:५८

काठमाण्डु, १७ मंसिर– व्यवस्थापिका– संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले चमेलिया जलविद्युत आयोजनामा ५४ करोड भ्रष्टाचार भएको ठहर गरेको छ । समितिले भ्रष्टाचारमा संलग्न मन्त्री, सचिवसहित र नेपाल विद्युत प्राधिकरणका उच्च कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई निर्देशनसमेत दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बुधबार बैठकले दार्चुलामा...

विद्यालयको रकम हिनामिना गर्ने हेडमास्टरलाई कैद र जरिवाना

२०७१ मंसिर १७ गते ९:१८

काठमाण्डु, १७ मंसिर– विशेष अदालतले विद्यालयको रकम हिनामिना गरेका सप्तरी–१ जोगिमियाँ गाविस निवासी प्रधानाध्यापक  नागेश्वर मण्डलबाट रु तीन लाख ५० हजार बिगो भराई सोही बराबरको जरिवाना र छ महिना कैद गर्ने फैसला गरेको छ । प्रधानाध्यापक मण्डलले उक्त विद्यालयको कक्षाकोठा र शौचालय निर्माणका क्रममा...

संचारमन्त्रीले भने– ‘संविधानका लागि राष्ट्रिय सरकार’

२०७१ मंसिर १७ गते ९:०९

काठमाण्डु, १७ मंसिर– सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले निर्धारित समयमा सबैको अपनत्व हुने संविधान जारी गर्न मुख्य राजनीतिक दलसहितको राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन् । राजधानीमा आयोजित एक अन्तक्र्रियामा मन्त्री रिजालले भने, ‘कार्यतालिकाले निर्धारण गरेको समयभित्र संविधान जारी गर्ने सर्तमा सबै राजनीतिक...

जोगिमारामा ट्रक दुर्घटना, ४ को मृत्यु, २ घाइते

२०७१ मंसिर १७ गते ८:५५

काठमाण्डु, १७ मंसिर– धादिङको जोगिमारामा आज मध्यान्ह ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । काठमाडौंबाट चितवन जाँदै गरेको ग १ ख ३९८६ नम्बरको ट्रक जोगिमारा- २ हुग्दी खोलामा मध्यान्ह १२ बजे दुर्घटना भएको हो । दुर्घटनामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us