
वीरगञ्ज, १६ मंसिर– नेकपा—माओवादीका महासचिव रामबहादुर थापाले राजनीतिक दलहरु संविधान बनाउनभन्दा सत्ताको खेलमा लागेको आरोप लगाउनुभएको छ ।
वीरगन्ज घडिअर्वामा बुधबार आयोजित पार्टीको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले माघ ८ गते कुनै हालतमा संविधान नबन्ने ठोकुवा गरे । वर्तमान राजनीतिक सङ्कटको समाधान राष्ट्रिय राजनीतिक सम्मेलन मात्रै भएको उनको जिकिर थियो ।
पार्टीको भावी कार्यदिशा तय गर्न आगामी पुस १० गते राष्ट्रिय भेला गर्ने घोषणा पार्टीले गरिसकेको
उनले जानकारी दिए ।
पार्टीमा फुटपछि आएको परिस्थिति र समसामयिक राजनीतिक विषयमा प्रशिक्षण भइरहेको नेकपा–माओवादी पर्साका इन्चार्ज पिएल श्रेष्ठले बताए ।
प्रशिक्षणमा बारा, पर्सा र रौटहतका नेता तथा कार्यकर्ता गरी एक हजार ५ सयको सहभागिता छ ।