काठमाण्डु, १७ मंसिर– राप्रपा नेपालले संवाद समिति सभापति बाबुराम भट्टराईलाई स्वविवेक प्रयोग गर्न दिर्ने निर्णयप्रति आपत्ति जनाएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले सबै निर्णय समितिले गर्नुपर्नेमा सभापतिलाई एकलौटी अधिकार दिइएको भन्दै आपत्ति जनाए ।
उनले निर्णयमा आफूहरुले फरक मत दर्ता गराएको जानकारी दिए । राप्रपा नेपालले समितिको मस्यौदामा आफ्नो फरक मत समावेश गरेर संविधानसभामा पठाइदिन पनि आग्रह गरेको छ ।