काठमाण्डु, १८ मंसिर– पश्चिम अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको इबोला भाइरस भित्रिन सक्ने आशंकामा सरकारले उच्च सतर्कता अपनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इबोला संक्रमण भित्रन नदिन प्रभावित मुलुकहरुबाट नेपाल आउने नेपाली तथा गैरनेपालीमाथि विशेष निगरानी बढाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय...
काठमाण्डु, १८ मंसिर– संविधानसभामा पठाउने प्रतिवेदनबारे छलफल गर्न बालुवाटारमा बिहीबार बिहान बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई झापा गएका छन् । दमकमा हुने भट्टराईहरुको कुल पूजामा सहभागी हुन भट्टराई त्यता गएका हुन् ।...
काठमाण्डु, १८ मंसिर– संवैधानिक तथा राजनीतिक सहमति संवाद समितिका सभापतिलाई स्वविवेक प्रयोग गर्न दिएको भनिएपछि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको उपस्थितिमा बसेको संवाद समितिको बैठकमा सभामुख सुवास नेम्वाङ र एमाले अध्यक्ष केपी शर्मा ओली इलाम जानुपर्ने...
नेपालगञ्ज, १८ मंसिर– प्रमुख दलरु सरकारसहित भावी संधिवानका अन्तरवस्तुमा प्याकेज सहमति खोज्ने प्रयासमा जुटेका बेला नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले पनि त्यसमा आफूहरुको हिस्सा मागेका छन् । थारुवान राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि नेपालगन्ज आएका वैद्यले सञ्चारकर्मीसँ कुरा गर्दै सत्ता र संविधान दुवैमा...
काठमाण्डु, १८ मंसिर– सशस्त्र युद्धको तयारी गरिरहेको भनिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा हालै गठित नेकपा माओवादीले काठमाण्डुमा कार्यालयका लागि घर भाडामा नपाएपछि सो पार्टीका नेता कार्यकर्ता हैरान भएका छन् । स्रोतका अनुसार कार्यालयका लागि बुद्धनगर, बानेश्वर, कोटेश्वर र सानेपा क्षेत्रका घर खोजी भइरहेको छ...
कञ्चनपुर, १८ मंसिर– उद्योग मन्त्री महेश बस्नेतले सुदूरपश्चिम पुगेर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाएका छन् । केही दिनदेखि सुदूरपश्चिमका विभिन्न ठाउँमा घुमिरहेका मन्त्री बस्नेतले पर्यटकीय क्षेत्रको संरक्षण सम्र्बद्धन र पूर्वाधार विकास गर्न सरकारले जोड दिने वाचा समेत गरे । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ भम्केनीमा सञ्चालन भइरहेको...
पथरी, १८ मंसिर–सुन्दर दुलारी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर अम्बिका गुरागार्इंले मासिक एक रुपैयाँ तलबमा काम गर्दै आएका छन् । नगरपालिकाले कम तलबमा काम गर्ने प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन गरेको थियो । विज्ञापनअनुरुप एक रुपैयाँ तलब खाने गरी गुरागार्इंले आवेदन दिएपछि उनी छनोट भएका...
गौशाला, १८ मंसिर– बेलुका रक्सी पिएर बासस्थानतिर हिंडेका एक युवक बिहान मृत भेटिएका छन् । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–६ धबौलीमा आज बिहान ती युवकको लास प्रहरीले बरामद गरेको छ । उक्त लास जिल्लाको सीतापुर भङ्गहा गाविस–१ घर भई हाल जलेश्वर–६ धबौलीस्थित ससुराली गाउँमा बस्दै...
काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश कामदार पठाउने संस्थाका व्यवसायीहरुलाई आफ्नो पेशालाई विश्वसनीय बनाउन आग्रह गरेका छन् । उनले वैदेशिक रोजगार व्यवसायीहरु पनि मर्यादित र विश्वसनीय हुनुपर्ने बताएका हुन् । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नामको संस्थाको प्रथम वार्षिक साधारणसभाको...
मोरङ, १८ मंसिर– जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मादकपदार्थ सेवन गर्ने सात सयको सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको छ । सवारी दुर्घटना न्युनीकरण गर्न प्रहरीले मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने सवारीचालकको अनुमतिपत्रमा प्वाल पार्न अभियान अन्तर्गत सात सय सवारीचालक अनुमतिपत्रमा प्वाल पारेको हो । ट्राफिक...
बर्दिया, १८ मंसिर– भारतमा नेपाली युवती भारतीय अपराधीहरुको एक समूहको सामूहिक बलात्कारको शिकार भएकी छन् । भारतमा मेला भर्ना गएका बेला बर्दिया ढोढरी–४ की १७ वर्षीया ती युवती सामूहिक बलात्कारको शिकार भएकी हुन् । सीमावर्ती बहराइचको बिछियास्थित कटरिया बाबानजिक युवतीलाई चार भारतीयले राति १२...
एजेन्सी– भारत अहमदावादस्थित एक गाउँमा एउटा भुस्याहा कुकुर मरेकामा पूरै गाउँ शोकमग्न भएको छ । १८ वर्षदेखि आफ्नै वस्तीमा बस्दै आएको कुकुर मरेपछि धेरै स्थानीयका आँखा रसाएका थिए । टोलका मानिस कुकुरको लास वरिपरि जम्मा भएर डा“को छोडेर रोए । सोनु नामको उक्त कुकुर...