विप्लव गएलगत्तै वैद्यले मागे सरकारमा हिस्सा

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ७:३५ मा प्रकाशित

नेपालगञ्ज, १८ मंसिर– प्रमुख दलरु सरकारसहित भावी संधिवानका अन्तरवस्तुमा प्याकेज सहमति खोज्ने प्रयासमा जुटेका बेला नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले पनि त्यसमा आफूहरुको हिस्सा मागेका छन् ।

mohan-baidya

थारुवान राज्य समितिस्तरीय कार्यकर्ता प्रशिक्षणका लागि नेपालगन्ज आएका वैद्यले सञ्चारकर्मीसँ कुरा गर्दै सत्ता र संविधान दुवैमा आफ्नो हक दाबी गरेका हुन् ।

उनले नयाँ संविधानमा आफूहरुका एजेन्डा समावेश नभए नस्वीकार्ने चेतावनी समेत दिए ।
‘१० वर्षे जनयुद्ध गर्ने शक्तिको एउटा पक्षलाई बाहिर राखेर जारी गरिने संविधानले मुलुकलाई फाइदा गर्दैन,’ अध्यक्ष वैद्यले भने । उनले विगतमा माओवादीसहित विभिन्न पक्ष र सरकारबीच भएका सहमति र सम्झौताका आधारमा नयाँ संविधान बन्नुपर्ने बताए ।
नयाँ संविधान निर्माणबारे आफूहरुको धारणा आउँदो केन्द्रीय समिति बैठकपछि सार्वजनिक गर्ने जानकारी वैद्यले दिए । अर्को फरक प्रसंगमा उनले एमाओवादीसँग पार्टी एकता हुन लागेको भन्ने हल्ला निराधार भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us