महोत्तरी, १७ मंसिर– अल्पसंख्यक आदिवासी मुसहरको परम्परागत माटो काट्ने पेशा संकटमा पर्दै गएपछि महोत्तरीका दलित मुसहर क्रमशः विस्थापित हुँदै जान थालेका छन् । तराईका जंगली खेतमा खेतीपातीको काम गर्ने आदिवासी मुसहरको मुख्य पेसा माटो काट्ने, पुर्ने र बोक्ने हो । महोत्तरी जिल्लाको उतरी र...
काठमाण्डु, १७ मंसिर– सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला काँग्रेस सभासद् अमरेशकुमार सिंहले एमाले अध्यक्ष केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्नबाट रोक्ने उदघोष गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले कुनै हालतमा केपीलाई प्रधानमन्त्री हुन नदिने बताएका हुन् । ओली भने सके माघ ८...
सोलुखुम्बु, १७ मंसिर– आफ्नै सहकर्मी दुई जना शिक्षिकालाई कुटपिट गरेको आरोपमा पक्राउ परेका चिवाङ प्रावि सुर्के सल्लेरीका प्रधानाध्यापकलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ । गत मंसिर ८ गते विद्यालय सञ्चालन भइरहेको बेलामा आपसी विवाद हुँदा सहकर्मी शिक्षिका रमिला कार्की र सुशीला राईलाई कुटपिट गरी...
काठमाण्डु, १७ मंसिर– सत्तारुढ काँग्रेस–एमाले पूर्वअडानबाट पछि हटेपछि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिमा जारी गतिरोध हटेको छ । सिंहदरबारमा बिहान बसेको प्रमुख तीनका शीर्ष नेताको बैठकमा काँग्रेस–एमाले सभापति बाबुराम भट्टराईलाई संविधानसभामा उनकै निर्णयअनुसार प्रतिवेदन पठाउन दिन सहमत भएपछि समितिको गतिरोध हटेको हो । बैठकपछि...
परासी, १७ मंसिर– सडक दुर्घटना रोक्नका लागि नवलपरासी प्रहरीले पूर्व पश्चिम लोकमार्गका पसलमा राखिएका अवैध मदिरा नियन्त्रणको अभियान चलाएको छ । गाडीका चालक एवम् सहचालकले या अन्य व्यक्तिले मदिरा सेवन गरेर गाडी, मोटरसाइकललगायतका सवारीका साधन चलाउनाले पनि दुर्घटनाको सङ्ख्या बढेको भन्दै इलाका प्रहरी कार्यालय...
भीमदत्तनगर, १७ मंसिर– भारतबाट आउँदै गरेका ६ जना नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका छन् । मजदुरी गरेर घर फर्किरहेका नेपाली मजदुर सीमा क्षेत्रमा लुटिएका हुन् । गत तीन दिनमा छजना लुटिएको उनीहरुलाई सहयोग गर्ने सहारा समूह नेपालका राजबहादुर चौधरीले बताए । आइतबार भारतको सिमलाबाट...
कञ्चनपुर, १७ मंसिर– कञ्चनपुरका एकल महिलालाई सार्वजनिक यातायातमा छुट दिइएको छ । महाकाली सेती यातायात व्यवसायी समिति कञ्चनपुरले एकल महिलालाई यातायातमा २५ प्रतिशत छुट दिएको एकल महिलाका क्षेत्रका कार्यरत द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रले जनाएको छ । केन्द्रका अध्यक्ष सीता बोहराले एकल महिलाको...
काठमाण्डु, १७ मंसिर– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालासहित प्रमुख तीन दलका शीर्ष नेतालाई सिंहदरबारमा झण्डै डेढ घण्टा कुराएका छन् । सत्तासाझेदारीसहित संविधान लेखनका विषयमा छलफल गर्न भन्दै बुधबार बिहान सिंहदरबारमा तीन दल बैठक बोलाइएको थियो । प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल...
काठमाण्डु, १७ मंसिर– जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका तीन भारतीय अपराधी आज बिहानै फरार भएका छन् । विकासबाबु धोबीसहित तीन अभियुक्त बिहान करिब तीन बजेको समयमा फरार भएका हुन् । उनीहरु लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । भाग्नेहरु सबै...
काठमाण्डु, १७ मंसिर– संयुक्त राष्ट्रसंघीय मानव अधिकार समितिले सशस्त्र द्वन्द्वकाबेला राज्यतर्फबाट बेपत्ता पारिएका तीन जनाका परिवारलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको छ । तेजराज भण्डारी, ज्ञानेन्द्र त्रिपाठी र जीतमान बस्नेतलाई बेपत्ता पार्नमा तत्कालिन सरकारलाई जिम्मेवार ठहर्याएको हो । समितिले घटनाबारे विस्तृत अनुसन्धान गरी पीडकलाई...
इलाम, १७ मसिर– विद्यार्थी संख्या कम भएका कारण जिल्लाका चार दर्जन सामुदायिक विद्यालयको अस्तित्व संकटमा परेको छ । प्राथमिक तहमा विद्यार्थी कम भएका कारण यहााका ४८ वटा प्रावि बन्द हुने अवस्थामा पुगेका हुन् । ती विद्यालयमा न्यूनतम चारदेखि अधिकतम २० जना मात्र विद्यार्थी छन्...
बर्दिया, १७ मंसिर– बर्दियाको मगामाडी–८ रम्भापुरकमा बस दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन । काठमाण्डुबाट महेन्द्र नगरतर्फ जाँदै गरेको ना ५ ख १३०७ नम्बरको बस रम्भाडपुरस्थित नेपाली सेनाको ब्यासरेकनजिकै दुर्घटना...