प्रहरीकै सहयोगमा हिरासतबाट भागे तीन भारतीय अपराधी

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ३:३० मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका तीन भारतीय अपराधी आज बिहानै फरार भएका छन् ।

विकासबाबु धोबीसहित तीन अभियुक्त बिहान करिब तीन बजेको समयमा फरार भएका हुन् ।

उनीहरु लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

भाग्नेहरु सबै पेशेवर अपराधी थिए । यद्यपि कैदी फरार भएको विषयमा प्रहरीले केही बताएको छैन । प्रहरीकै संलग्नतामा कैदी भागेको आशंका गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us