प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाण्डु टुडे २०८३ असार १९ गते १५:०१ मा प्रकाशित

काठमाण्डू, १९ असार– संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद् शुक्रबार अपराह्न ५ बजेका लागि बैठक बोलाएका छन ।

परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय रहेको छ ।

त्यस्तै, अरू एजेन्डा तय हुन बाँकी रहेको स्रोतले बताएको छ । बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि प्रधानन्यायाधीश नियुक्तिका लागि मात्रै संवैधानिक परिषद्को बैठक एकपटक बसेको छ ।

अहिले निर्वाचन आयोगबाहेक अख्तियार, लोकसेवा लगायतका अरू संवैधानिक निकायका केही पद रिक्त छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us