काठमाण्डू, १९ असार– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन ।
दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर आज (शुक्रबार) काठमाण्डू फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नगरेको पनि बताए । उनले लोकतन्त्रमा कसैको मुख थुन्न नहुने भन्दै आफूहरूको अभियान जारी रहने पनि बताएका छन ।
उनले आफूहरूले उठाएको सहयोगको सबै हिसाब पारदर्शी भएको पनि उनले बताए । क्यूआर पार्टी भन्नेहरूलाई उनले जवाफ दिए, ‘त्यो भन्ने मान्छेले पनि सहयोग गरेको देखाओस् न । हावामा एक रुपैयाँ सहयोग गरेको छैन त्यसै भनेर हुन्छ। अब भन्दा सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न ।’
उनले विरोध गर्ने अधिकार लोकतन्त्रमा सबैलाई हुने भएपनि प्रमाणसहित गर्नुपर्ने बताए । कसैले बिना प्रमाण आरोप लगाउन नमिल्ने पनि उनले बताएका छन ।
यस्तै, बालेन शाह नेतृत्वको सरकारले १०० दिन केही गर्ने कोसिस गरेपनि अझै नसकेको टिप्पणी गरे। संविधान संशोधन जनताको हितमा र देशको आवश्यकता अनुसार उनको भनाइ छ ।