
बर्दिया, १७ मंसिर– बर्दियाको मगामाडी–८ रम्भापुरकमा बस दुर्घटना हुदाँ तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अरु २२ जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
काठमाण्डुबाट महेन्द्र नगरतर्फ जाँदै गरेको ना ५ ख १३०७ नम्बरको बस रम्भाडपुरस्थित नेपाली सेनाको ब्यासरेकनजिकै दुर्घटना भएको हो ।
घटनास्थल बर्दिया सदरमुकाम गुलरियाबाट २५ किमी उत्तरमा पर्छ ।
घाइतेको कोहलपुर क्षिाण अस्पतालमा उपचार भइरहेको छ । चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।