अमरेशकुमार भन्छन्, ‘केपीलाई कुनै हालमा प्रधानमन्त्री हुन दिइन्न’

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ६:२० मा प्रकाशित

amreshकाठमाण्डु, १७ मंसिर– सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला काँग्रेस सभासद् अमरेशकुमार सिंहले एमाले अध्यक्ष केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्नबाट रोक्ने उदघोष गरेका छन् ।
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले कुनै हालतमा केपीलाई प्रधानमन्त्री हुन नदिने बताएका हुन् । ओली भने सके माघ ८ अघि वा पछि जसरी पनि प्रधानमन्त्री बन्ने होडमा छन् । उनले आफूसँग समय कम रहेको र थोरै समयमा धेरै काम गर्नुपर्ने भन्दै पटकपटक प्रधानमन्त्री बन्ने लालसा देखाउँदै आएका छन् ।

बुधबार साप्ताहिकमा छापिएको समाचारका अनुसार सिंहदरबारमा अमेरेशले भनेका छन्, ‘हेर्दै जानुहोला, केपी ओलीले प्रधानमन्त्री बन्न जति कोसिस गरे पनि हुन दिइन्न ।’ उनले मधेसी दलले पनि केपीलाई प्रधानमन्त्री बन्न नसघाउने दाबी गरे ।
यस्तो छ बुधबारको समाचार
अरुलाई अरु चिन्ता, घरज्वाइँलाई खानको चिन्ता’ भनेझैं अरु नेताहरु संविधान बन्छ, बन्दैन भनेर बहसमा लागिरहेका बेला दक्षिणका दूतका रुपमा चिनाउन चाहने एक सभासद् भने ‘केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री हुन दिइन्न’ भन्दै गफ दिन व्यस्त छन् ।
सोमबार अपरान्ह सभामुख सुवासचन्द्र नेम्वाङको कार्यकक्षमा भेला भएका पत्रकारहरुले त्यस्तै सुन्नुपर्‍यो । सभामुख नेम्वाङ आफूलाई भेट्न आएका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यसँग भित्र कोठामा व्यस्त थिए । बाहिर उनै अमरेश कुरेर बसिरहेका थिए ।

सधैंझैं केही समाचार छ कि भनेर संसदीय रिर्पोटिङ गर्ने एक हुल पत्रकारहरु सभामुखको कार्यकक्षमा पस्नासाथ अमरेशले कुरा झिकिहाले– हेर्दै जानुहोला, केपी ओलीले प्रधानमन्त्री बन्न जति कोसिस गरे पनि हुन दिइन्न ।’
भारतको आधिकारिक भनाइ प्रतीत हुने झैं गरी उनले भने, ‘मधेसी दलहरुले केपीलाई साथ दिंदैनन् । आज बोलाएर कुरा गरे पनि उनीहरुको चाबी कहाँ छ भन्ने त मलाई थाहा छ नि ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us